कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक पनि ‘पेपरलेस’

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक पनि ‘पेपरलेस’

सुर्खेतः कर्णाली प्रदेशमा मन्त्रिपरिषदको बैठक ‘पेपरलेस’ अर्थात कागजविहीन बनेको छ । यसअघि प्रदेश सरकारले  कर्णालीलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने बताउँदै आएको थियो । यही नीति अनुसार नै यहाँको मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाइएको हो ।

प्रदेश सरकारलाई कागजविहीन बनाउने र डिजिटल प्रदेशको रुपमा विकास गर्ने नीतिअनुरुप मुख्यमन्त्री र मन्त्रीहरुले कागजको साटो ल्यापटपको प्रयोग गर्न थालेका हुन् । यही अभ्यास स्वरुप शनिवारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुले ल्यापटपको प्रयोग गरे । कर्णाली प्रदेशका सबै मन्त्रीको हातमा ल्यापटप उपलब्ध गराइएको छ । अब मन्त्रीहरु ल्यापटप बोकेर बैठकमा सहभागि हुनेछन् । 

यस्तै मन्त्रिपरिषद् बैठकमा छलफल हुने विषयहरु अब मन्त्रीहरूलाई इमेल गरिनेछ । त्यही अध्ययन गरेर मन्त्रीहरुले बैठकमा हुने छलफलमा भाग लिनेछन् । प्रदेशका सबै क्रियाकलापलाई डिजिटलाइज गर्ने उदेश्यले सुरुवातमा मन्त्रिपरिषद् बैठकलाई पेपरलेस बनाइएको हो । 

यसअघि मन्त्रिपरिषद्का बैठकहरु कागजी रूपमा सञ्चालन हुँदै आएका थिए । मन्त्रिपरिषद् बैठकलाई चुस्त, प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउनका लागि यस्तो अभ्यास थालिएको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

बैठकमा छलफल हुने सबै एजेण्डाका कपी, प्रतिवेदन र प्रस्तावहरु समेत ल्यापटपमै हुने भएकाले छलफल गर्न सजिलो हुने विश्वास गरिएको छ । बैठक कक्षमा इन्टरनेट जोडिएको छ, जसले गर्दा मन्त्रीहरूले चाहेको विषयवस्तुबारे तत्कालै सर्च गरेर अध्ययन गर्न थप सहज भएको हो ।

अबदेखि सबै मन्त्रीलाई अघिल्लो दिन नै बैठकमा छलफल हुने विषयहरु इमेल गरिनेछ । यसले कागजी झन्झटको अन्त्य हुने र प्रिन्ट गर्ने लागत तथा समयको पनि बचत हुने भएको हो । 

विस्तारै प्रदेश सरकारका मन्त्रालय, महाशाखा र कार्यालयहरुलाई पनि पेपरलेस बनाइनेछ । प्रदेशलाई नै डिजिटल बनाउने रणनीति अनुसार सरकार अगाडी बढेको भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अब प्रदेश सरकारलाई नै कागजविहीन बनाउने तयारी भइरहेको बताइन् ।                                                                           


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.