अवरोध भएको पासाङल्हामु मार्ग एकतर्फी संचालनमा

अवरोध भएको पासाङल्हामु मार्ग एकतर्फी संचालनमा

नुवाकोट : काठमाडौबाट नुवाकोट प्रवेश गर्ने मुख्य सडक पासाङल्हामु मार्गमा तीन दिनदेखि अवरोध भएको छ। सडकमार्गमा ठूलो पहिरो गएका कारण यातायात पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्। 

सदरमुकाम विदुरदेखि ३२ किलोमिटर पूर्वमा रहेको पासाङल्हामु सडकमार्गको त्रिशूली-काठमाठौबीचमा रहेको ककनी गाउँपालिका- ४ मा गएको पहिरोले शुक्रबारदेखि यातायात सञ्चालनमा अवरोध गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले पहिरोले अवरुद्ध भएको सडक आइतबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको बताए। ठूलो पहिरो गएका कारण पहिरो पुरै पन्छाउन अझै केही दिन लाग्ने भट्टराइको भनाई छ। शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका थिए। 

सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पहिरो पुरै पन्छाउन समय लाग्ने जनाइएको छ।'माथिबाट डाँडै खसेको छ, ठूला-ठूल्ला ढुंगा बगेर आएका कारण ५० मिटर सडक नै पुरिएको ककनी-४ का वडाध्यक्ष दीपेश लामाले जानकारी दिए।  

सो सडकमार्गको स्तरोन्नति गर्ने क्रममा सडकको भित्ता काटिएकाले अविरल पानी परेसँगै ठाउँठाउँमा साना-ठूला पहिरो गएर पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ। सडक स्तरोन्नती कार्यसमेत ढिलाइ भइरहेको स्थानीयवासीको गुनासो रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.