जनै फेर्न नदी किनारामा भीडभाड

जनै फेर्न नदी किनारामा भीडभाड

देवीघाट : जनैपूर्णिमाको अवसरमा आइतबार नुवाकोटका शिव मन्दिर, धाम तथा नदी किनारामा विशेष मेला लागेको छ। ऋषितर्पणी, रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वको अवसरमा रक्षाबन्धन अर्थात्  वैदिक परम्पराको मन्त्रोच्चारण गरी पुरोहितले नाडीमा डोरो बाँधिदिने प्रचलन छ।

 
डोरो बाध्नका लागि जिल्लाका विभिन्न शिव मन्दिर देवीघाटको जालपादेवी मन्दिर तथा शिवधाम, त्रिशूलीस्थित राममन्दिर, ढुंगेको शिव मन्दिर, विदुरको लक्ष्मीनारायण मन्दिर, बट्टारसहित जिल्लाको विभिन्न ग्रामीण स्थानमासमेत स्नान गर्ने र डोरो बाध्नेको भीड लागेको छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको धागो नाडीमा बाध्नाले रोग व्याधाबाट मुक्ति मिल्ने जनविश्वास छ।

कपितय कर्मकाण्डका अनुयायीले भने अघिल्लो दिनदेखि नै कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीधो गरी बस्ने चलन छ। यो दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिने देवीघाटको जालपादेवी मन्दिरमा डोरो बाँध्दै गरेका पुरोहित नारायणप्रसाद दाहालले बताए। 

धार्मिक संस्कार तथा परम्परा हराउँदै गएको उनले बताए । यसरी ब्रत बसेका तागाधारीले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्। 

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ। 

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पूजिन्छ। 

अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ।  शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो। जनैपुर्णिमानको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ।

जनैपूर्णिमाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने गर्छन्। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध प्रगाढ रहेन सामाजिक मान्यता छ। जनैपूर्णिमाको दिन रसुवाको प्रसिद्ध गोसाइँकुण्डसहित नुवाकोटको जालपादेवी, त्रिशूलीको राममन्दिर, तारुकाको तारकेश्वर, कविलासको ब्रम्हक्षेत्रमा विशेष मेला लागेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.