पप्पुको अलपत्र पुल बन्यो काल !

पप्पुको अलपत्र पुल बन्यो काल !

रौतहट : लालबकैया नदीस्थित रौतहट सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टिकुलियाघाटको पुल ५ वर्षमा पनि बनिसकेको छैन । २०७४ असार २५  भित्र त्यो पुल निर्माण सक्नुपर्थ्यो । तर हालसम्म करिब ५० प्रतिशत मात्रै काम भएको छ ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालवकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुने गरेको छ। २०७१ साल असार २६ गते यो पुल निर्माणका लागि पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले यो पुलेको शिलान्यास गरेका थिए । पुल नहुँदा लालबकैया नदीको टिकुलिया घाटमा पटक पटक डुंगा पल्टिने गरेको छ ।

पप्पु कन्सट्रक्सनले पुल बनाउन ढिला गरेको भन्दै स्थानीयले आलोचना गरेका छन । स्थानीय युवा सञ्जय सहनीले समयमा पुल नबनेकाले डुंगा पल्टिएको बताएका छन ।

शनिवार साँझ पुलको पिलरमा डुंगा ठोक्किएर २९ जना बेपत्ता भएका थिए । जसमध्ये पाँचजनाको डुबेर ज्यान गएको छ । पाँचजना गाउँलेको ज्यान गएपछि टिकुलियाबासी ठेकेदारसँग आक्रोशित छन् ।

शनिवार निमार्णाधिन पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको हो । डुंगामा सवार २९ मध्ये २४ जना बाँच्न सफल भएका । अहिलेसम्म्म दुईजनाको शव फेला परेको छ भने अझै तीनजना हराइरहेका छन् । २०६२ सालमा पनि यही स्थानमा डुंगा पल्टिएर १२ जना भन्दा धेरैको ज्यान गएको थियो । 

स्थानीयबासीले पुल निर्माण सम्झौता भित्रै सक्न दबाब दिए पप्पुले अटेर गर्दै आएको छ । निर्माण अवधिभन्दा दुई वर्ष बढी भइसक्दा पनि पिलर मात्रै ठड्याइएको छ । उक्त पुल २ सय ३८ मिटर लामो छ भने ६ वटा स्पर रहेका छन् ।

५ वर्षमा पुलको पिलर मात्रै उठाइएको छ भने एउटा स्परमा ढलान सुरु गरिएको छ । पुल नबन्दा बन्जहरा, औरैया, मठिया, जोकाहा, जेठरहियया लगायत स्थानका बासिन्दा डुंगा चढेर सदरमुकाम गौर आवतजावत गर्न बाध्य छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.