राजधानीमै १४ वर्षीया बालिका बलात्कृत
काठमाडौं : राजधानीको बालाजुमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
तारकेश्वर नगरपालिकास्थित शेसमतीमा एक खाजाघरको शौचालयमा बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। बलात्कृत बालिकाले साजन बोहराले बलात्कार गरेको वयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
महानगरिय प्रहरी वृत बालाजुका अनुसार बालिका शौचालयमा चिच्याएपछि खाजाघरका कर्मचारीले घेरा हालेर शौचालय खोलेका थिए। शौचालयभित्र दुबैजना संभोग गरिरहेको अवस्थामा भेटिएका थिए।
प्रहरीमा खबर पुगेपछि बालिकालाई सोधपुछ गर्दा बोहराले आफूलाई बलात्कार गरेको वयान दिएको डीएसपी चिरञ्जीवी कोइरालाले जानकारी दिए।
डीएसपी कोइरालाका अनुसार खाजा घरमै काम गर्ने ती बालिकालाई बोहराले जवर्जस्ती शौचालयमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ।
डीएसपी कोइरालाले भने, ‘हामी खाजाघर पुग्दा बालिका रोइरहेकी थिइन्। बालिकाकै उजुरी अनुसार बोहरालाई कारबाही गर्न जिल्ला अदालत काठमाडौंबाट जवर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौं।’