यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

 विराटनगर : विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। 

हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए।

प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर-१५ बाट पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यापछि फरार रहेका सहनीको घटनामा संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन्। उनका अनुसार भट्राई र सहनीबीचको चिनजान पुरानै हो। 

भट्राईको शव हार्डवेयर भित्रै बिभत्स अवस्थामा भदौ ३ गते भेटिएको थियो। उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको प्रहरीले जनाएको छ। राति हार्डवेयरमा बसेका भट्टराईको हत्या भएको हो। 

पुरानै चिनजानका आधारमा सुरक्षा गार्ड भट्टराईले लागूऔषधको नसामा रहेका सहनीलाई यौनकर्मी खोजेर ल्याउनका लागि भन्दै २५ सय रुपैयाँ दिएर पठाएका थिए। ‘यौनकर्मी खोजेर ल्याइदिने भन्दै भट्राईले दिएको पैसा बोकेर भदौ २ गते शनिबार राति बजार निस्किएका सहनी यौनकर्मी नलिइकन त्यत्तिकै फर्किएपछि दुईबीच विवाद भएछ,’ एक  प्रहरी अधिकारीले भने, ‘विवाद बढ्दै गएपछि फलामको रड र भाला प्रयोग गरेर भट्राईको हत्या भएको देखिन्छ।’ 

सहनी पुरनो लागूऔषध दुव्र्यसनी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘हत्या भएको भोलिपल्ट सहनीले केही साथीलाई संगै लगेर भारतको जोगवनी पुगेर भट्टराईले यौनकर्मी झिकाउन दिएको २५ सय र भट्राईका साथमा बाँकी रहेको तीन हजार रुपैयाँसमेत लगेर लागूऔषधसेवन गरेको खुलेको छ,’ ति प्रहरी अधिकारीले भने।

सीसीटिभी फुटेजबाटसमेत भट्टराईको हत्या सहनीले नै गरेको पुष्टि भएको प्रहरी भनाइ छ।  एसपी केसीले भने, ‘हार्डवेयरमा रहेको सीसीटिभी फुटेजमा कैद भएको दृष्यले पनि हत्यामा सहनीकै संलग्नता पुष्टि गर्छ।’ 

भट्टराईको हत्यापछि प्रहरीले हार्डवेयरका संचालक निरभकुमार अग्रवालसहित १२ जनामाथि सोधपुछ गरिसकेको छ। प्रहरीका अनुसार घटना भएको भोलिपल्ट सोमबारदेखि उनको फोन अफ थियो।

प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न भएका आरोपित सहनीलाई सार्वजनिक गरेको हो। पक्राउ परेका सहनीविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.