गोसाइँकुण्डमा १० हजारले गरे स्नान

गोसाइँकुण्डमा १० हजारले गरे स्नान

नुवाकोट : रसुवास्थित गोसाइँकुण्डमा लागेको मेलामा १० हजार भक्तजनले स्नान गरेका छन्। जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा आइतबारमात्रै तीन हजारले स्नान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मेलामा आइतबारसम्म १० हजार जनाले मेला भरेको र अझै कुण्डमा स्नान गर्न जाने क्रम बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए। तीर्थालुको सुविधा लागि पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीसमेत एक सय सुरक्षाकर्मी गोसाइँकुण्ड मार्गमा खटिएका छन्। सदरमुकाम धुन्चेदेखि डेढ दिनको पैदल दूरीमा रहेको गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको धार्मिकस्थल गोसाइँकुण्डमा मेला भर्नका लागि देश विदेशबाट तीर्थयात्री आउने क्रम जारी रहेको पौडेलको भनाइ छ। गोसाइँकुण्ड समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा छ।

श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमासम्म गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ। गोसाइकुण्डमा जाने तीर्थालुको सुविधाका लागि कुण्ड जाने मार्गको चोलाङपाटी, लौरीबिना, बुद्ध मन्दिर, चन्दनबारी, घट्टेखोला, देउराली र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएका छन्। समितिका अध्यक्ष सञ्जिव डीएमका अनुसार, गोसाइँकुण्डमा यस वर्ष १५ हजार जनाले स्नान गर्ने अपेक्षा गरिएको छ। कुण्डको स्नानले १० प्रकारका पाप नाश हुने जनविश्वास छ।

गोसाइँकुण्डमा स्नान गर्नका लागि हरेक वर्ष गंगा दशहरा र जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा विशेष मेला लाग्ने गरेको छ। पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँहुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईबाबा भगवान् शिव शंकर बसे।

उनले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल वर्षाएका थिए। सोही जलबाट गोसाइँकुण्डको उत्पत्ति भएको किवंदन्ती छ। गोसाइँकुण्डमा स्नान गरी शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइने, पितृ तर्नुका साथै आफूले चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.