कञ्चनपुरमा साँझ ६ बजेसम्म कर्फ्यु हटाइयो

कञ्चनपुरमा साँझ ६ बजेसम्म कर्फ्यु हटाइयो

महेन्द्रनगर : प्रदर्शनका कारण अशान्त बनेको महेन्द्रनरमा साँझ ६ बजेसम्मका लागि कर्फ्यु हटाइएको छ। बिहान ५ देखि १२ बजेसम्म कर्फ्यु हटाइएकोमा बेलुका ६ बजेसम्मका लागि उक्त अवधि बढाइएको प्रशासनले जनाएको छ।  कर्फ्यु खुकुलो पारिएपछि प्रदर्शनले आक्रान्त बनेको महेन्द्रनगरको जनजीवन सामान्य बनेको छ। बजार, व्यवसाय र विद्यालय खुलेका छन्। यातायात पनि सञ्चालनमा आएको छ।  

महेन्द्रनगरमा १३ वर्षिया बालिकाको बलात्कारपछि हत्या भएपछि महेन्द्रनगर अशान्त छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति उक्त घटनामा संलग्न नभएको बरु बास्तविक अपराधीलाई जोगाउन खोजिएको भन्दै स्थानीयबासी आन्दोलन भएपछि महेन्द्रनगरमा दिनहुँ झडप हुँदै आएका थिए। 

सरकारले जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी नेतृत्वसहितलाई फिर्ता गरी उच्चस्तरीय छानबिन समित गठन गरिसकेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.