गरिबको घर बनाउँदै प्रहरी

गरिबको घर बनाउँदै प्रहरी

कालिकोट : जिल्लाको सदरमुकाम मान्म बजारको फोहोर बोक्दै आएका धनसिंह पाण्डेको चुहिने घर प्रहरीले पुननिर्माण गरिदिएको छ। जिल्लाको खाँडाच नगरपालिका-१ निवासी पाण्डे वर्षायाम लागेसँगै चुहिने छानाको घरमा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय कालिकोटले उनको चुहिने घर पुननिर्माण गरिदिएपछि उनलाई ठूलै राहात भएको छ। 

आफू मजदुरी गर्ने र श्रीमतिले एक बोर्डिङ स्कुलमा काम गरेबापत कमाएको पैंसाले पाण्डेको परिवार गर्जो टार्दै आएको छ। उनको एक चुहिने घर, तीनवटा गाई बाहेक कुनै सम्पती छैन्। 

पाण्डेका दुई छोरी श्रीमति गरी चारजनाको परिवार भएपनि जेठो छोरीको विवाह भइसकेको छ।  जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद शर्माले यस वर्ष 'सेवा सहयोग र मित्रता कालिकोट प्रहरीको प्रतिबद्धता नारा' नै तय गरी नागरिकको हरेक समस्यामा प्रहरीले सहयोग गर्ने लक्ष्यअनुसार पाण्डेको चुहिने घर पुननिर्माण गरिदिएको बताए। 

जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवलदार मेजर गणेशबहादुर साउदको नेतृत्वको टोलीले धनसिंह पाण्डेको चुहिने घर पुननिर्माण गरिदिएको हो। वर्षा आएसँगै पुरै घर चुहिएर ओद लाग्ने ठाँउ थिएन्। धनसिंह पाण्डेकी पत्नी कुसु पाण्डेले भनिन्, प्रहरीले टिनको छाना बनाइदिएपछि बास सुरक्षित भएको छ। उनले भनिन्, 'कतिदिन त हामी पानी चुहिएको झुपडीमै बसेर रात बिताएका छौं, घरको छानो बलियो बनाइदिनुभयो,धन्यवाद प्रहरीलाई।'

बजारको फोहोर उठाउँदे आएका पाण्डे अहिले रोजबिहीन भएका छन्। अहिले उद्योग बाणिज्य संघले गाडी किनेपछि उनको रोजगार खोसिएको हो। 

जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद शर्माले जिल्ला सदरमुकाममै एकजनाको परिवार चुहिने छानामा कस्टकर जीवन बिताइरहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट टिनको व्यवस्था गरी घर पुननिर्माण गरिदिएको बताए। उनले यसैगरी प्रहरीले सामाजिक सेवालाई महत्वपूर्ण जिम्मेबारी ठानी काम गर्ने बताए। 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.