विश्वकप हेर्दा खेलाडीलाई छुरा हान्ने वडासदस्य पक्राउ
उर्लाबारी, मोरङ : उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्यले एकजना खेलाडीलाई छुरा हानेका छन् । उनलाई प्रहरीले खेलाडीमाथि छुरा हानेको अभियोगमा पक्राउ गरेको छ ।
आइतबार राति ११ बजे उर्लाबारी-४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । मोरङ-११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोप लगाइएको छ ।
४० वर्षीय शाक्यलाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । उर्लाबारी-५ स्थित एरोमा होटलमा गत असार ७ गते विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष शाक्य निर्माण व्यवसायी पनि हुन् ।