छुट्टाछुट्टै घटनामा दुई बालकको ज्यान गयो

छुट्टाछुट्टै घटनामा दुई बालकको ज्यान गयो

नुवाकोट : यहाँ भएका छुट्टाछुट्टै घटनामा दुई बालकको ज्यान गएको छ । एक बालकको काठमिलमा परेर र अर्का बालक पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

विदुर नगरपालिका–४ बट्टार आँपघारीमा सोमवार काठमिलमा परेर स्थानीय तीन वर्षीय सुमिङ श्रेष्ठको ज्यान गएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिए । 

हजुरबुवा हिमालबहादुरले सञ्चालन गरेको काठमिलको आरामा चिरिएर स्थानीय मन्टेश्वरी विद्यालय नर्सरीमा अध्ययनरत बालकको घटनास्थलमै ज्यान गएको उनले वताए । 

घरमा परिवारका सदस्य खाना खाइरहेका बेला बालक एक्लै काठमिलमा पुगेर आरामा चिरिन पुगेका थिए । 

आरामा चिरिएर रक्ताम्य भएका बालकलाई केही बेरपछि स्थानीयले देखेका थिए । टाउकोमा आराले गहिरो चिरेका कारण अस्पताल लैजानै नपाई उनको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । 
बाालकका बाबु प्रकाश तीन वर्षदेखि जापानमा छन् । मृतक बालककी दिदी छिन् । उनको सोमबारै अन्तिम संस्कार गरिएको छ ।  

शिवपुरीमा गोठालो जाँदा पहिरोले पुरिएर एक बालकको ज्यान गएको छ । पहिरोमा पुरिएर सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको शिवपुरी गाउँपालिका–६ का नौ वर्षीय वालक अर्पण तामाङको ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ । 

बाख्रा गोठालो गएका अर्पणलाई स्थानीय च्यानडाँडाको खोल्सामा पहिरो खसेर पुर्दा ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.