बिमस्टेकमा सवारी साधन : कुन दिन जोर, कुन दिन बिजोर ?

बिमस्टेकमा सवारी साधन : कुन दिन जोर, कुन दिन बिजोर ?

काठमाडौं : बिमस्टेक शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकामा तीन दिन निजी तथा सार्वजनिक सवारीसाधनलाई जोर बिजोर प्रणाली अन्तर्गत सञ्चालन गरिँदैछ।

'सम्मेलनमा आउने विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित तथा सहज बनाउन निजी तथा भाडाका सवारीसाधनलाई जोर बिजोर प्रणालीअनुसार सञ्चालन गर्न लागेको' नेपाल प्रहरीले जनाएको छ।  

बिमस्टेक शिखर सम्मेलन बिहीबार र शुक्रबार (१४ र १५ गते) हुँदैछ। सम्मेलन सुरु हुनु अघिल्लो दिन (बुधबार) देखि सम्मेलनका दुई दिन नम्बर प्लेटअनुसार जोर बिजोर प्रणाली लागू हुन लागेको हो।

प्रहरीका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक बिजोर (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन हुनेछन्। यस्तै १४ गते नम्बर प्लेटको अन्तिम अंक जोर (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.