बिमस्टेक तयारीबारे संसद्लाई ब्रिफिङ गर्दै प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद्मा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने तयारी छ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओलीले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन्। यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९ औँ शिखर सम्मेलन हुँदैछ।