भूकम्पपीडित अझै अँध्यारोमा

भूकम्पपीडित अझै अँध्यारोमा

 बनेपा : मुलुकभर लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका कुलमान घिसिङसँग भूकम्प पीडितहरू निराश बनेका छन् । उनीहरूले बनाएको नयाँ घरटहरामा नयाँ मिटर जडान गर्नका लागि महिनौं प्राधिकरणमा धाए पनि मिटर पाउन नसक्दा अँध्यारोमा बस्नु परेपछि निराश बनेका हुन् ।

विगत पाँच महिनादेखि नयाँ मिटर लिन सयौंपटक नेपाल विद्युत् प्राधिकरण बनेपा शाखामा धाए पनि मिटर नपाएको मण्डनदेउपुर नगरपालिकाका मंगल तामाङ बताउँछन् । ‘भूकम्पले पुरानो घरको मिटर पुरियो नयाँ हालौं भनेर निवेदन दिएको पाँच महिना बित्यो अझै पाइएन ।’ बनेको नयाँ घरमा मिटर राख्न सयौंपटक धाएर महिनौं कुर्दा पनि मिटर नपाएको उनको दुःखेसो छ ।

बनेपाकी दण्डकुमारी थापा पनि नयाँ मिटर लिन धेरैपटक धाउँदासमेत आफूले मिटर पाउन नसकेको गुनासो पोख्छिन्, ‘निवेदन दिएको महिनौं भयो अझै पाएको छैन । बुढी मान्छे कति धाउनु ? मिटर आयो भने पहँुचवालाले तुरुन्तै लान्छन् हामी कार्यालय धाउने मात्र हो ।’ तामाङ र थापाजस्तै हजारौं भूकम्प पीडित नयाँ मिटर पाउने आसमा दैनिक प्राधिकरण र नेताको घरमा धाउनुपर्ने बाध्यता छ । भूकम्प, बाढी पहिरो र अन्य विविध कारणले भएको पुरानो मिटर बिग्रिएर वा नयाँ घरमा मिटर जडान गर्न जिल्लाका १३ वटा स्थानीय तहबाट हजारौं मिटरको माग भए पनि प्राधिकरणले दिन नसक्दा उनीहरू निराश भएका हुन् ।

जिल्लाभर तीन हजारभन्दा बढी नयाँ मिटरको माग भएको विद्युत् प्राधिकरण बनेपाका सूचना अधिकृत केशवनारायण चण्डी बताउँछन् । ‘केन्द्रबाट एक पटकमा एक सयमात्र मिटर आउँछ, माग हजारौं हुन्छ, त्यसैले व्यवस्थापन गर्न कठिन हुँदै आएको छ’, उनले भने । एउटा मिटर लिन छ महिना लाग्ने र ५० औंपटक प्राधिकरण धाउनुपर्ने नमोवुद्ध नगरपालिकाका बासिन्दा मनिष लामाले बताए । ‘कुलमानले विद्युत् त दिए तर समयमै मिटर र पोल दिन सकेनन्’, उनले भने ।

जिल्लामा ४० हजार पोलको आवश्यक

जिल्लाका विभिन्न स्थानमा ४० हजार विद्युत् पोलको आवश्यकता परेको विद्युत् प्राधिकरण बनेपा शाखाले जनाएको छ । पुराना काठको पोल विस्थापित गरेर स्टिल र फलामका पोल राख्ने प्राधिकरणको योजना र भूकम्प बाढी पहिरोबाट पोलहरूमा क्षति पुगेपछि उक्त संख्यामा पोलको आवश्यकता परेको हो । भूकम्प, बाढी, पहिरो, जीर्ण पोल र नयाँ ठाउँमा विद्युत् पु¥याउनुपर्ने भएकाले जिल्लामा आठ मिटरका ४० हजार पोल परेको शाखाका इन्जिनियर मानन्धरले जानकारी दिए ।

विद्युत् चोर्ने ३१ पक्राउ प्राधिकरणको टोलीले विभिन्न माध्यमबाट विद्युत् चोरी गरी उपयोग गर्ने ३१ जनालाई पक्राउ गरेको छ । घरायसी तथा विभिन्न प्रयोजनका लागि लामो समयदेखि विद्युत् चोरी गर्ने विद्युत्ीय ऐनअन्र्तगत मुद्दा दर्ता गराएर कारबाही गरेको हो । जिल्लाको देउपुर, सिपाघाट, अनेकोट, पस्थली, ¥याले लगायतका ठाउँबाट उनीहरूलाई पक्राउ गरी कारबाही गरेको सूचना अधिकृत चण्डीले जानकारी दिए । उनका अनुसार, विभिन्न तरिकाबाट गैरकानुनी रूपमा डाइरेट हुकिङ प्रयोग गरेर विद्युत् चोर्ने ३१ जनाबाट पाँच लाख १५ हजार रुपैयाँ असुली गरेको उनको भनाइ छ ।डेढ करोड युनिट चुवाहट रोकियोजिल्लाका विभिन्न क्षेत्रमा विद्युत चोरी र चुहावटलाई नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले कम गरेको छ । चुहावट रोक्न प्राधिकरण बनेपाले गाउँ गाउँमा अप्रेसन थालेको थियो ।

एक वर्षको अवधिमा करिब १३ प्रतिशत नियन्त्रण गरेको हो । आर्थिक वर्ष २०७२÷०७३ मा प्राधिकरणले ३५ प्रतिशत, २०७३÷०७४ मा ३३ प्रतिशत र २०७४÷०७५ मा २८ प्रतिशत विद्युत् चुहावट क्रमशः रोकिँदै आएको बनेपा शाखाका इन्जिनियर नरेश मानन्धरले जानकारी दिए । उनका अनुसार शाखाले गत वर्षको तुलनमा सात प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको बताए । ‘गत आवमा जिल्लामा कूल आयात भएको सात करोड ६९ लाख ९० हजार युनिट विद्युत्मा चार करोड ३९ लाख १० हजारमात्र प्रयोग भएको थियो, भने तीन करोड युनिट विद्युत् चुहावट हुनुका साथै चोरी भएको थियो ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.