राखी बाँध्ने रोशनीको रहर अधुरै

राखी बाँध्ने रोशनीको रहर अधुरै

सिरहा : गोलबजार–४ की रोशनी राउतले रक्षाबन्धनका लागि अघिल्लै दिन राखी किनेर ल्याइन्। तर, शिवालयमा चढाउनका लागि जल लिन कमला नदी गएका उनका दाइ राहुल घर फर्किएनन्। नुहाउने क्रममा नदीमा बेपत्ता भएका उनी सोमबार मृत अवस्थामा फेला परेका छन्।

दाइ राहुलको मृत्यु भएपछि बिलौना गर्दै रोशनीले भनिन्, ‘दाइको हातमा राखी बाँध्ने सपना अधुरै रह्यो।’ दाइ बितेका कारण उनले भाइलाई पनि राखी बाँध्न पाइनन्।

एकै कक्षामा पढ्ने साथीहरूसँग जल लिन उनी कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित कमला नदी पुगेका थिए। नुहाउने क्रममा उनीसँगै मन्जे महरा र कृष्णकुमार महतो बेपत्ता भएका थिए। महतोको शव आइतबार पूर्व–पश्चिम राजमार्गमा पर्ने कमला पुलनजिकै भेटिएको थियो। सोमबार राउत कर्जन्हा–७ र महरा भारतीय बजार जयनगरमा मृत फेला परेको सिरहा प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

राहुल पढ्ने स्कुलमै उनका भाइ अमर कक्षा २ र बहिनी रोशनी कक्षा ५ मा पढ्दै छन्। उनीहरूका बुवा सुनील केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। छोरा मृत्युको खबर सुनेर बेबी राउत छिन–छिनमा मूच्र्छा पर्ने गर्छिन्। ‘छोरालाई धेरै सम्झाएँ, मेरो कुरा सुनिदिएन’, उनले भनिन्, ‘कुरा सुनेको भए छोरा सामुन्नेमा हुन्थे। रक्षाबन्धनमा बहिनीबाट हातमा राखी पनि बाँध्थ्यो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.