प्रकाण्ड पक्राउको विरोध गर्दै प्रदर्शन

प्रकाण्ड पक्राउको विरोध गर्दै प्रदर्शन

 कालिकोट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरेको विरोधमा उनको गृहजिल्ला कालिकोटको माल्कोटमा विरोध प्रदर्शन भएको छ। सरकारले झुटो मुद्दा लगाएर नेकपाका पार्टी प्रवक्ता प्रकाण्डलाई बाराम्बार पक्राउ गरेको भन्दै नेकपा कालिकोटका नेता-कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-६ माल्कोटमा जन्मिएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्त खड्गबहादुर विश्वकर्मालाई झुटा मुद्दा लगाएर सरकारले पक्राउ गरी अन्याय गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ता र स्थानीय नागरिक प्रदर्शनमा उत्रिएका छन्। नेकपाका केन्द्रीय पार्टी पोलिट ब्युरो सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बिसीको नेतृत्वमा कर्णाली ब्युरो सदस्य कर्णबहादुर भण्डारी बिराड, जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपलगायत नेता-कार्यकर्ताले प्लेकार्डसहित विरोध प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनपछि माल्कोटमा आयोजित कोणसभा कार्यक्रममा नेकपाका कर्णाली ब्युरो इन्चार्ज एटम बिसीले राज्यले पार्टी प्रवक्ता प्रकाण्डलाई बारम्बार पक्राउ गरेर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाउँदै प्रकाण्डलाई तत्काल स-सम्मान रिहा नगरे कडा प्रतिवाद गर्ने बताए। उनले अहिले गरेका संघर्षका कार्यक्रमलाई व्यवस्था गरी सरकारले प्रकाण्डलाई रिहा नगरे जनताको भेलले खोसेर ल्याउने चेतावनी पनि दिए। उनले भने, ‘हामी क्रान्ति गरिरहेका छांै। युद्ध गर्ने सोचमा छैनौं। तर, राज्यले युद्ध गर्न बाध्य पार्दै छ।’ उनले कालिकोट नेकपाको किल्ला रहेको बताउँदै कालिकोटबाटै अर्को क्रान्ति सुरु हुने दाबी गरेका छन्।

केही समययता नेकपा कालिकोटले आन्दोलनका कार्यक्रम गाउँ केन्द्रित बनाएको छ। साउन २९ गते नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन कर्णाली राजमार्गको कालेखोला र जिल्ला मालपोत कार्यालयको हाताभित्रै प्रेसर कुकर बम विस्फोट गराएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटले नेकपाका केन्द्रीय स्तरका नेतादेखि जिल्ला तहका नेताविरुद्ध मुद्दा दर्ता गरेपछि नेकपाले गाउँ केन्द्रित आन्दोलन सुरु गरेको हो। जिल्ला अदालत कालिकोटले नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित केन्द्रीय स्तरका नेता तथा जिल्लास्तरका नेतालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.