अन्तर्वार्ताको तयारी कसरी गर्ने ? पत्रकारलाई टिप्स

अन्तर्वार्ताको तयारी कसरी गर्ने ? पत्रकारलाई टिप्स

पत्रकारले कुनै व्यक्तिको अन्तर्वार्ता लिनुभन्दा अघि पहिल्यै तयारीमा जुट्नु पर्छ। जसको अन्तर्वार्ता गर्न गइन्छ, उक्त व्यक्तिको बारेमा थाहा पाउन अध्ययन, अनुसन्धान गर्नु आवश्यक हुन्छ। अन्तर्वार्ता लिँदा पत्रकारले ध्यान दिनुपर्ने अरू पनि थुप्रै कुरा छन् :


१. सरल प्रश्न बनाउनुहोससधैं सामान्य प्रश्नबाट सोधपुछ अगाडि बढाउनुस्। अन्तर्वार्ताका प्रश्न जटिल हुनु हुँदैन। जटिल प्रश्न गर्दा चाहिएको उत्तर नआउन सक्छ।

२. समयको ख्याल राख्नुहोससमयको सधैं ख्याल गर्नुहोस्। कसैलाई पर्खाउने कुरा ठीक होइन। अन्तर्वार्ताको समयमा पनि पत्रकारले समयको विशेष ध्यान राख्नुपर्छ।

३. आवश्यक सामग्री साथमा लैजानुहोस्

पत्रकारले अन्तर्वार्ता लिन जाँदा नोट कपी, पेन, क्यामेरा, रेकर्डर, पेन ड्राइभ, ब्याट्रीजस्ता आवश्यक सामग्री लैजान भुल्नु हुँदैन। अन्तर्वार्ता लिँदा कुनै सामान छुटेको रहेछ भने अप्ठ्यारोमा परिन्छ।

४. सम्मान गर्नुहोस्

जसको अन्तर्वार्ता लिँदै हुनुहुन्छ, उक्त व्यक्तिको सम्मान गर्नुहोस्। वातावरणलाई सौहार्दपूर्ण बनाउनुहोस्। तर अति उत्साही भएर कुरा नगर्नुस्।

५. समय र स्थानमा ध्यान दिनुहोस्

भेट्ने समय र स्थान पक्का गर्नुहोस्। अन्तर्वार्ताको लागि यस्ता ठाउँ चुन्नुहोस्, जहाँ धेरै होहल्ला र मानिसको आवत्जावत नहोस्।

६. अन्तर्वार्तामा केन्द्रित रहनुहोस्

आफैंलाई बढी ध्यान दिनुभन्दा पनि अन्तर्वार्तामा केन्द्रित हुनुहोस्। तपाईं अन्तर्वार्ताको लागि आकर्षणको केन्द्र होइन। तपाईंको अन्तर्वार्ताको उद्देश्यलाई के हो, त्यो विषयमा केन्द्रित हुनुहोस्। अन्तर्वार्तालाई वार्तालापमा परिणत गर्नुहोस्। व्यक्तिको जवाफमा प्रमाणित हुनुपर्ने तर्फ नजानुहोस्। यसले अन्तर्वार्ता दिने व्यक्ति भड्किन सक्छ।

७.अनावश्यक प्रश्न नगर्नुहोस्

व्यक्तिको बारेमा धेरै अध्ययन गर्नुहोस्। तर सबै अन्तर्वार्ताको प्रश्नमा सामेल नगर्नुहोस्। पाठक र दर्शकलाई मध्यनजर गर्दै अन्तर्वार्ताको प्रश्न बनाउनु होस्। सबैभन्दा महत्वपूर्ण प्रश्न सबैभन्दा पहिले सोध्नुहोस्।

८. आई कन्ट्र्याक गर्नुहोसअन्तर्वार्ताको समयमा आई कन्ट्र्याकलाई महत्व दिनुहोस्। बेलाबेला टाउको हल्लाएर उत्तरमा सहमति जनाउनुहोस्।

९. प्रश्नलाई महत्व दिनुहोस्

एक पटकमा एउटा मात्र प्रश्न गर्नुहोस्। लामो प्रश्नभन्दा छोटो प्रश्न गर्दा अझै प्रभावकारी हुन सक्छ। प्रश्न सकेसम्म सीधा राख्नुहोस् तर अशिष्ट रूपमा प्रस्तुत नहुनुहोस्।

१०. ध्यान दिएर सुन्नुहोस्

अन्तर्वार्ता दिँदै गरेको व्यक्तिले भनेका कुरा राम्रोसँग सुन्नुहोस्। तपाईंले सोच्दै नसोचेका कुरा आउन सक्छन्। यस्ता अवस्थामा प्रतिप्रश्न गर्न नडराउनुहोस्। अन्त्यमा अन्तर्वार्ता जति नै मुस्किल भए पनि धन्यवाद दिन नबिर्सिनु होस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.