कसरी बन्ने सफल व्यवसायी ?

कसरी बन्ने सफल व्यवसायी ?

आफ्नो व्यवसाय फस्टाओस् भन्ने ध्याउन्नमा सबै व्यवसायी लागेका हुन्छन्। कसैलाई सफलतै सफलता हात लाग्छ भने कसैलाई असफलतै असफलता। व्यवसायमा सफलता हात पार्न, प्रतिस्पर्धामा अरूलाई उछिन्न, लगानीअनुसारको उपलब्धि हासिल होस् भनेर हरबखत चनाखो बन्नुपर्छ। यहाँ व्यवसायीलाई केही टिप्स दिइएको छ।


आफ्नो आर्थिक हैसियत ख्याल गर्नुहोस्

व्यवसायमा हात हाल्नुपूर्व आफ्नो आर्थिक हैसियत विचार गर्नुुपर्छ। हैसियतभन्दा माथिको काम आँटेर सोचेजस्तो सफलता हात पार्न सकिएन भने आफ्नो जायजेथा समेत डुब्ने र थप ऋणको भार आइलाग्ने सम्भावना रहन्छ। त्यसकारण एकैपटक ठूलो लगानी गर्नेभन्दा सानोबाट सुरु गरेर बढाउँदै लैजानु उपयुक्त हुन्छ।

नहडबडाई योजना बनाउनुहोस्

कुनै पनि कामको योजना बनाउँदा सुरुमै विचार पुर्‍याउनुपर्ने हुन्छ। अरू कुरामा भन्दा व्यवसायमा अझ बढी जोखिम हुने हुँदा बजारलगायत कुराको ख्याल गर्नुुपर्ने हुन्छ। कहिलेकाहीँ पुराना काममा असफलता हुनेबित्तिकै सोच विचार नपुर्‍याई नयाँ कामको सुरु गर्ने हुन सक्छ।

रुचिको व्यवसायमा मात्र हात हाल्नुहोस्।

रुचि बाहिरको काममा हात हाल्यो भने बीचैमा नैराश्यता उत्पन्न हुन सक्छ, मानसिक रूपले पनि तयारी भइँदैन। कामले गति नलिने सम्भावना पनि रहन्छ। त्यसकारण अरूको बहकावमा लागेर, राम्रोसँग नबुझी काममा हात हाल्नु हुँदैन।

सानातिना कुराको आफैं जानकारी राख्नुहोस्।

आफ्ना व्यवसायसँग सम्बन्धित सानातिना कुराको जानकारी राख्न सक्नुपर्छ। यसले आफ्नो व्यवसायको रथ हाँक्न सजिलो हुन्छ। यस्ता कुरामा अरूको भर पर्दा डुबाउन सक्छन्।

खर्चमा सुरुदेखि नै मितव्ययी बन्नुहोस्।

घाँटी हेरी हाड निल्नु भन्ने उखान नै छ। आम्दानीभन्दा खर्च धेर भइरहेको हुन सक्छ। व्यवसायीले यतातर्फ ध्यान दिनैपर्छ। सुरुमै अनुत्पादक क्षेत्रमा हुने खर्चले कम्पनीको भविष्यसमेत धरापमा पार्ने सम्भावना हुन्छ।

ग्राहक को हुन् चिन्नुहोस्।

व्यवसायमा ग्राहक सधैं महत्वपूर्ण हुन्छ। आफ्ना ग्राहक को हुन् भनेर चिन्न सक्नुपर्छ। र, उनीहरूको सम्बोधन गर्न सके मात्र व्यवसायमा सफलता हात पार्न सकिन्छ। ग्राहकको रुचि एकातिर, मालिकको अर्कोतर्फ भयो भने व्यवसाय धरापमा पर्छ। आफ्नो उत्पादन र ग्राहकको रुचि मेल खानैपर्छ।

सम्बन्ध व्यवस्थापनमा ध्यान दिनुहोस्।

हरेक कुराको सफलतामा सम्बन्धले अहम् भूमिका खेलेको हुन्छ। सम्बन्ध विस्तार नहुँदा, राम्रो नबन्दा बजारलगायतका क्षेत्रमा प्रत्यक्ष असर पर्छ। त्यसैले, यस्ता काममा मालिक आफैंले गर्न नसक्ने काममा सहयोगी राखेर पनि काम लिन सकिन्छ।

कम्पनीमा कार्यरत सबैको सम्मान गर्नुहोस्।

सफल व्यवसायी बन्न आफ्नो कम्पनीमा कार्यरत साना ठूला सबै कर्मचारीको मन जित्ने प्रयास गर्नुपर्छ। कर्मचारीलाई समान व्यवहार गर्नुपर्छ। उनीहरूको समस्याका बारेमा पनि सुझाव संकलन गर्ने गर्नुपर्छ। सबैको सामूहिक प्रयासले मात्र सफलता हात लाग्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.