वर्षाले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

वर्षाले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

बैतडी : लगातारको वर्षाले सुर्नया गाउँपालिका-७ कठमडास्थित केदार माध्यमिक विद्यालयको ८ कोठे भवन भत्किएको छ। पहिरोले विद्यालय भत्केपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक विरेन्द्रबहादुर चन्दले बताए। 

वर्षाले भवनको छत पूर्णरुपमा क्षति पुगेको प्रधानाध्यापक चन्दले जानकारी दिए। मंगलबार बिहान १० बजेतिर भवनको एक कोठाको भवन छत र दिउँसो १२ बजेतिर पुरै भवनको छत भत्केको प्रधानाध्यापक चन्दले बताए। उनले भने, 'विद्यालयको भवन अलि जीर्ण थियो। लगातारको वर्षाले विद्यालयको छानो भत्कियो। ८ कोठे भवनको छानो भत्किएपछि पठनपाठन अवरुद्ध भएको छ।'

भवनको छत भत्किएपछि विद्यालयको पुस्तकालय पूर्णरुपमा क्षति भएको छ भने कम्प्युटरमा समेत क्षति पुगेको छ। कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयको भवन भत्किएपछि बालबालिकालाई खुलाचौरमा पठनपाठन गराउनुपर्ने बाध्यता आइलागेको विद्यालयका शिक्षक प्रेमबहादुर बोहराले बताए।

उनले भने, 'वर्षातको समयमा चौरमा पनि पढाउन सकिने स्थिति छैन्। तत्काल भवनको पुन:निर्माण गर्न नसके बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता आएको छ। यसले शैक्षिक गुणस्तरमा समेत ह्रास आउन सक्छ।'

विद्यालय भवन भत्किँदा दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ। विद्यालयमा ४२० बढी विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयको भवन भत्किएपछि पठनपाठनमा निकै समस्या भएको प्रधानाध्यापक चन्दले बताए।

विद्यालयको भवन पुननिर्माणका लागि सरोकारवालासँग आग्रह गरिएको विद्यालयले जनाएको छ। विद्यालय भवन भत्किएपछि बालबालिकालाई समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर साउँदले बताए। उनले भने, 'विद्यालय भवन मर्मतका लागि हामीले वडा कार्यालय, गाउँपालिकाको ध्यानाकर्षण गराएका छौं। बालबालिकाको समस्यालाई सरोकारवालाले ध्यान दिनेछन् भन्ने हाम्रो आशा छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.