जनैपूर्णिमा मेला भर्ना गएकी युवती बलात्कार आरोपित चार पक्राउ

जनैपूर्णिमा मेला भर्ना गएकी युवती बलात्कार आरोपित चार पक्राउ

राजविराज : जनैपूर्णिमामा मेला हेर्न गएकी युवतीलाई बलात्कृत गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शम्भुनाथ ५ का २७ वर्षीय मनोजकुमार राम, २६ वर्षीय कृष्णनारायण साह, २० वर्षीय बिक्रम सरदार र शम्भुनाथ ११ का २४ वर्षीय हिरालाल साह रहेको सप्तरी प्रहरीले जनाएको छ।पीडित र उनका साथीले आरोपितको पहिचानबारे जानकारी गराएका छन्।

आफ्ना दाजुभाइको हातमा पवित्र धागो राखी बाँधेर शम्भुनाथ नपा-१२ स्थित अर्नाहामा लागेको रक्षाबन्धनको मेला गएकी युवतीलाई बीच बाटोबाट अपहरण गरी सामूहिक बलात्कार गरेको थियो। 

मेला भर्न र नाचगान हेर्नका लागि दिउँसो चार बजे चारवटा साइकलमा मेला पुगेका आठजना पानी परेपछि तितरवितर भए। अबेलासम्म पानी नरुकेपछि मेला आएका गाउँ फर्कन थाले। उनी पनि घर फर्किनका लागि साथी कमलेशको साइकल पछाडि बसिन्।बीच बाटो शम्भुनाथ नगरपालिका-११ बसन्तपुरमा मादक पदार्थ सेवनका ८-१० जनाले उनको साइकल रोकेर जिस्काउन थाले। 

उनका अन्य साथीभाइ अगाडि बढिसकेका थिए। साइकल चालक साथीले प्रतिवाद गर्दा उल्टै उनलाई बेल्ट, लाठी र मुडकीले निर्घात कुटपिट गरेर साइकल र मोबाइल खोसे। 

'युवती अपहरण गरेर ६ जनाले फुलबारीतर्फ लैजान आँटेपछि सबैको खुट्टा ढोगेर छाडिदिन अनुनय विनय गरे।' कमलेश भन्छन् 'रक्सी र यौन उन्मादले मात्तिएका राक्षसले मलाई पुनः कुटपिट गरे र नियन्त्रणमा राखेर उनलाई फुलबारीतर्फ लगेर सामूहिक बलात्कार गरे।' 

कमलेश भन्छन्, 'मोटरसाइकलमा मेलाबाट फर्केका गाउँलेसँग भेट भएपछि घटनाबारे जानकारी गराउँदै राति साढे एक बजे प्रहरी चौकी कठौना पुगेका थियौ।' प्रहरीलाई घटनाबारे जानकारी गराउँदा पनि केही लागेन ।

उनले प्रहरी चौकी छेउ घर भएका एक जना उठेर सबै जानकारी लिँदा समेत कठौना चौकीका प्रहरी नउठेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरतर्फ लागेको बताए। उनले जिल्ला प्रहरी कार्यालयमा पनि फोन गरेर घटनाको जानकारी गरायौं। 

उनले भने, 'मोटरसाइकलबाट कल्याणपुरतर्फ जाँदै गर्दा गस्तीमा निस्किएको प्रहरी टोलीसँग मिलन चौकमा भेटेर घटनाबारे सबै वृतान्त सुनायौं।' रातको करिब अढाइ बजेतिर प्रहरी टोली घटनास्थलतर्फ लाग्यो। आरोपितले स्थान परिवर्तन गरिसकेकाले युवती भने फेला पार्न सकेनन्।साइकल मात्र फेला पर्‍यो।

बिहान पाँच बजे उज्यालो भएपछि बलात्कारीले राजमार्गमा छाडी गएको पीडित युवतीले बताइन्। दुखद घटनाका रुपमा लिँदै एसपी राजेन्द्र विष्टले पक्राउ परेका दुईजना घटनामा प्रत्यक्ष संलग्न र दुईजना कुटपिटमा संलग्न रहेको बताएका छन्। अन्य आरोपितको खोजी भइरहेको एसपी विष्टले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.