डडेल्धुरामा जीप दुर्घटना, नौ घाइते

डडेल्धुरामा जीप दुर्घटना, नौ घाइते

डडेल्धुरा : सरमुकाम नजिकैको अमरगढी नगरपालिका-२ आइतबजार नजिकैको ठूला खोलामा जीप दुर्घटना हुँदा नौंजना घाइते भएका छन्। बगरकोटबाट सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ३११९ नम्बरको पीकअप जीप मंगलबार दिउँसो करिब १२:३० बजेतिर दुर्घटना भएको हो।

घाइते हुनेमा भागेश्वर गाउँपालिका-४ की शारदा मडै, सोही ठाउँका टेक मडै, सरस्वती गौली विष्ट, भागेश्वर-५ का रामदत्त जोशी, अजयमेरु गाउँपालिका-५ का बहादुर खड्का, सोही ठाउँका हिरा खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

यस्तै कञ्चनपुरको झलारी नगरपालिका-१० की लक्ष्मी खडायत, अजयमेरु-५ का पुरुषोत्तम जोशी, गान्याधुरा गाउँपालिका-३ की देवादेवी कठायत पनि घाइते भएको उनले बताए। घाइते सबैको डडेल्धुरास्थित उप-क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घाइतेको टाउको, छाती र खुट्टामा चोट लागेको प्रहरीले बताएको छ। जीपमा चालकसहित १५ जना सवार रहेको प्रहरीले जनाएको छ।

गुँरास यातायात समिती बैतडीद्धारा सञ्चालित जीप क्षमताभन्दा बढी यात्रु र वर्षाले सडक चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

जीप दुर्घटनाका घाइते भएकाको डडेल्धुरास्थित उप-क्षेत्रीय अस्पतालमा उपचार हुँदै। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.