प्रदेश सरकारविरुद्ध प्रदर्शन गर्ने सामाजिक परिचालक प्रहरी खोरमा

प्रदेश सरकारविरुद्ध प्रदर्शन गर्ने सामाजिक परिचालक प्रहरी खोरमा

जनकपुरधाम : प्रदेश सरकारविरुद्ध विभिन्न माग राख्दै आन्दोलित सामाजिक परिचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 
आफ्नो मागको सम्बोधनका लागि प्रदेश–२ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका सामाजिक परिचालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरु नौ दिनदेखि प्रदर्शन गर्दै आएका थिए। 

मंगलबार नाराबाजी गरिरहेको अवस्थमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरु  सप्तरी र पर्साबाट आन्दोलनमा सहभागी हुन् आएका थिए। 

मुख्यमन्त्री कार्यालयमा आवतजावतनै बन्द हुने गरी प्रर्दशनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिनु परेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाको भनाइ छ।

स्थानीय निकायमा कार्यालय सहायकको रुपमा कार्यरत परिचालक पद गत असार महिनाबाट सरकारले खारेज गर्ने निर्णय गरेपछि उनीहरु आन्दोलित भएका हुन्। 

माग पूरा हुने आश्वासन दिए पनि अहिले कुनै चासो नदेखाएपछि आन्दोलन गर्न बाध्य भएको सामाजिक परिचालक संघर्ष समितिका अध्यक्ष शिवशंकर मेहताको भनाइ छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.