१४ मा विवाह १८ मा विधुवा

१४ मा विवाह १८ मा विधुवा

जाजरकोट : जिल्लाको छेडागाड- ४ की चन्द्रकला खत्रीको उमेर अहिले २० वर्ष मात्र भयो। कानुनअनुसार उनको अहिले बिहे गर्ने उमेर पुगेको छ। तर उनी दुई वर्षअघि नै विधुवा भइसकेकी छन्।

२० वर्ष नपुग्दै उनले धेरै उताडचडावको सामना गर्दै आएकी छन्।१४ वर्षको उमेरमै विवाह गरेकी चन्द्रकलाका श्रीमान भीमबहादुर थापाको दुई वर्ष अघि नै रक्त क्यान्सर (ब्लड क्यान्सर ) भएर मृत्यु भएपछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो।

उनीसँग अहिले साढे तीन वर्षका एक छोरा र साढे दुई वर्षकी एक छोरी छन्। दुई बच्चाको लालनपालनमा उनलाई निकै सकस परेको छ। घरपरिवारले आश्रय नदिएपछि उनी माइतीको शरणमा बस्दै आएकी छन्। उनको माइती सोही नगरपालिका- १२ कार्कीगाँउ हो। नागरिकता समेत नबनाएकी उनको बाल संवेदनशील सामाजिक संरक्षण कार्यक्रमकी संयोजक कौशिला चन्द र न्यायायीक समितिको पहलमा  नागरिकता बनेको छ।

श्रीमानकै नामबाट नागरिकता बनाएपछि उनको श्रीमानसँगको विवाहको नाता पनि कायम भएको छ । नाता कायम गराउन र नागरिकता दिलाउन ठूलै संघर्ष गर्नुपरेको चन्दको भनाइ छ। 

'बालबच्चा साना छन्। माइतीमा कति बस्नु। हातमा सीप छैन। घरमा बसेर कसरी यी लालाबाला पाल्नु उनले आफ्नो पीडा सुनाउँदै भनिन्,' थाहै नपाएर लहैलहमा बिहे गरियो। सानै उमेरमा विधुवा भइयो,अब कसरी बाँच्ने।'

 उनले भनिन, ' म छोराछोरीका लागि भएपनि केही काम गर्न चाहन्छु तर हातमा सीप छैन। के गरुँ ?'

उनले १० कक्षासम्म अध्ययन गरेकी छन् । पढ्न नपाएकोमा उनलाई ठूलो पछुतो छ । कसैले सीपमुलक तालिम दिए व्यवसाय गरेर छोराछोरी पढाएर ठूलो मान्छे बनाउने उनको धोको छ। 

आफूले सानै उमेरमा बिहे गरेपनि छोराछोरीलाई  भने उमेर नपुगी बिहे नगरिदिने बताइन्। नानीहरुलाई असल मान्छे बनाउने उनको धोको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.