करेन्ट लागेर एकको मृत्यु, एक घाइते

करेन्ट लागेर एकको मृत्यु, एक घाइते

भक्तपुर : भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु र अर्को एकजना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका १० कमलविनायकमा स्थानीय नाति प्रजापतिको बन्दै गरेको २ तले पक्की घरको छतमा जस्ता राख्नको लागि फलामे पाइप उठाउने क्रममा बिजुलीको तारमा छुँदा करेन्ट लागेर दुई जना कामदार घाइते भएका थिए।

भक्तपुर नपा १० कै ५७ वर्षीय रुद्र काफ्ले र ३८ वर्षीय हीराबहादुर खड्का घाइते भएकोमा उपचार गर्न लैजाँदै गर्दा रुद्रको बाटैमा मृत्यु भएको परिसरले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार करेन्ट लागेर घाइते भएका दुवैलाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। भक्तपुर अस्पतालका चिकित्सकले रुद्रको बाटैमा मृत्यु भएको घोषणा गरेको उनले जानकारी दिए।

अर्का घाइते हीराबहादुरलाई भने थप उपचारको लागि काठमाडौंको छाउनीस्थित आर्मी अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.