भारतले कोसीको पानी फर्काएपछि सय बढी घर डुबानमा

भारतले कोसीको पानी फर्काएपछि सय बढी घर डुबानमा

राजविराज : भारतले कोसी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका तीनवटा वडाका सयौं घर डुबानमा परेका छन्। 

कंकालिनी नगरपालिका ७, ८ र १२ का करिब एक सय २५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। डीएसपी भावेश रिमालका अनुसार हनुमाननगरबाट बरही नहर जोड्ने बाँधका कारण मुखिया टोल र मुसहरी टोलमा बसोबास गर्ने एक सय २५ घरधुरी डुबानमा परेका हुन्। 

राति करिब नौ बजे पसेको पानीले कोसी बाँध भन्दा तल रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय, नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका हटिया, बस्ती तथा लिल्जा ठाकुर प्राथमिक विद्यालय डुबानामा परेका हुन्। 

बाँध निर्माण भइसकेपछि सोमबार च्यानलको प्रयोग गरेर भारतीय अधिकारीले आफूखुसी पानी पश्चिमतर्फ फर्काएकाले सामान्य वर्षामै पानी गाउँ पसेको स्थानीयको आरोप छ।

भारत सरकारको कोसी योजनाले यसवर्ष कोसी ब्यारेज भन्दा तल कोसीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएको हो। कोसी योजनाका अधिकारीले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर बहावलाई पश्चिमतर्फ मोडेका हुन्। भारतीय कोसी योजनाका अधिकारी र भारतीय ठेकेदारले आफूखुशी कोसीको बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि हनुमाननगर र तिलाठी कोइलाडीका बस्ती जोखिममा परेका छन्। 

‘गाउँमा पानी पस्दा सप्तकोसी ब्यारेज भएर पानीको बहाव सोमबार साँझ एक लाख ७० हजार क्यूसेकप्रति सेकेन्ड थियो,’ डीएसपी रिमालले भने, ‘यसअघि कोसीको बहाव यो भन्दा बढी अढाई लाख क्युसेक हुँदासमेत बस्तीमा पानी पसेको थिएन।’

डुबानमा परेका बासिन्दालाई राति नै प्रहरी, सशस्त्र प्रहरीले सुरक्षित गरेको उनले जानकारी दिए। मंगलबार बिहानसम्म कोसीको बहाव घटेकाले डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। ‘कोसीको पानी घटेको छ, गाउँले पनि सुरक्षित छन्,’ उनले थपे, ‘तर करिब एक सय २५ घर-आँगनमा एक फिट जति पानी जमेको छ।’

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी, हनुमाननगरपालिका कार्यकारी अधिकृत, कोसी ब्यारेजका इन्जिनियरले डुबान क्षेत्रको अवस्था अवलोकन गरिसकेका छन्। डुबानमा परेका स्थानीयलाई मंगलबार चिउरा, दालमोठ र पानी वितरण गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.