निर्मला हत्याका आरोपी विष्टलाई काठमाडौं लगियो

निर्मला हत्याका आरोपी विष्टलाई काठमाडौं लगियो

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आरोपमा प्रहरी हिरासतमा रहेका दिलीपसिंह विष्टलाई स्वास्थ्य परीक्षणका लागि मंगलबार काठमाडौं पुर्‍याइएको छ।

हत्यामा संलग्न रहेको भन्दै अदालतबाट थुनामा राखेर १० दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले उनको स्वास्थ्य परीक्षण गर्न काठमाडौं पठाएको जनाएको छ।

‘हामीले उनको स्वास्थ्य परीक्षणका लागि काठमाडांै पठाएका छौं’, कन्चनपुर जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले भने, ‘उनी मानसिक रूपमा ठिक भए÷नभए बारे स्वास्थ्य जाँच गरिनेछ।’ एसपी कडायतका अनुसार उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गराइने छ।

प्रहरीले त्यसपछि मानसिक अस्पताल पाटनमा लगेर उनी मानसिक रूपले ठिक भए÷नभएबारे जाँच गराउने छ। प्रहरीले यसअघि उनको ब्लड र शुक्रकिटसमेत जाँच गरी विधि विज्ञान प्रयोगशालामा पठाइसकेको छ। त्यसको रिपोर्ट आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

बलात्कारपछि हत्या अभियोगमा प्रहरीले २४ दिनपछि मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेका ४१ वर्षीय दिलीपसिंह विष्ट मानसिक रूपमा ठिक नभएको आरोप लागेको थियो। साथी रोशनी बमको घरमा होमवर्क गर्न गत साउन १० गते गएकी निर्मलाको अर्को दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। प्रहरीले मुख्य अभियुक्त बचाउन मानसिक अवस्था ठिक नभएका विष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो। आन्दोलन हिंसात्मक भएर गोली चलाउनुपर्ने अवस्था सिर्जना भएपछि गृहमन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेसँगै मन्त्रालयले जिल्लाका सीडीओ, एसपी र डीएसपीलाई हटाएर नयाँ सुरक्षा प्रमुख पठाइसकेको छ। छानबिन समितिले अहिलेसम्म घटनासँग जोडिएका सबै पक्षसँग भेटघाट र सूचना संकलनको काम सकेको छ भने घटनास्थलको समेत स्थलगत निरीक्षण गरेको छ। समितिका संयोजक हरिप्रसाद मैनालीले समिति अनुसन्धानकै क्रममा रहेको जानकारी दिए। समितिले यसअघि सीआईबीसहित प्रहरीको अनुसन्धानका क्रममा तयार पारिएको मिसिल र अन्य फाइलको समेत अध्ययन गरिरहेको छ। प्रहरीले डीएसपी कृष्ण ओझाको नेतृत्वमा अनुसन्धान टोली बनाएर घटनाको सूक्ष्म अनुसन्धान प्रारम्भिक चरणबाटै गरिरहेको छ। ‘हामीले अहिलेसम्म भएका अनुसन्धानको विषयलाई समेत अध्ययन गरिरहेका छौंं’, अनुसन्धान अधिकृत डीएसपी कृष्ण ओझाले भने, ‘घटनाको नयाँ तवरले प्रारम्भिक रूपमै अनुसन्धान गरिरहेका छौं।’

सोमबार जिल्ला न्यायाधिवक्तासहित अनुसन्धान टोली घटनास्थल पुगेको थियो। सोमबारै प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानका लागि पक्राउ गरिएका रोशनी बम र उनकी दिदी अनिता बमलाई समेत ६ दिन थुनामा राखेर अनुसन्धानको म्याद थप गरिसकेको छ।

स्थानीय प्रशासनले दिउँसोको समयमा लगाउँदै आइरहेको कफ्र्यु हटाएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर शान्त बन्दै गएको छ। महेन्द्रनगर शान्त बनेसँगै बन्द रहेका बजार व्यवसाय, यातायात र शिक्षण संस्था पूर्ण रूपमा सञ्चालनमा आएका छन्। बजारमा कफ्र्यु हटेसँगै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जनाएअनुसार स्थानीय प्रशासनले मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ४ बजे सम्मको कफ्र्यु आदेश भने जारी नै छ। भदौ ४ गते निर्मला हत्यामा संलग्न रहेको आरोपमा ४१ वर्षीय दिलिपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गरेपछि त्यसको भोलिपल्टैबाट स्थानीय आन्दोलनमा उत्रिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.