अष्ट्रेलियामा गाईजात्रा महोत्सव

अष्ट्रेलियामा गाईजात्रा महोत्सव

अष्ट्रेलिया : प्रबासमा आफ्नो भाषा, कला, र सँस्कृतिलाई संरक्षण एवम् प्रवर्धन गर्ने उद्देश्यले गोरखा समाज अष्ट्रेलियाले गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम आयोजना गरेको छ छ । आइतबार विभिन्न संस्कृति प्रदर्शन गरी गाइजात्रा मनाइएको हो । नेपाली समुदायको विशेषता झल्कने झाँकी सहितको परेड प्रदर्शन गर्दै सिड्नी स्थित टेम्पे पार्कको परिक्रमा गरिएको गोरखा समाज अष्ट्रेलियाले जनाएको छ । 

नेपाली हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा बिहान ८ बजेबाट साँझ ५ बजेसम्म रक्षाबन्धनको ब्यबस्था गरिएको थियो भने मध्यान्ह १२ बजेबाट पञ्चकन्या सहितको गाईजात्रा परेड सुरू भएको थियो ।  कार्यक्रमको प्रमुख आकर्षकका रुपमा रहेका नेपाल टेलिभिजनको मेरी बास्सै कार्यक्रमका निर्देशकद्वय राजू मास्टर तथा बल्छी धुर्बेले हाँस्य प्रहसन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा अन्य स्थानीय कलाकारहरूको बिभिन्न प्रस्तुति सहित नेपाली मौलिक खैजडी भजन पनि प्रस्तुत गरिएको थियो, सिड्नी स्थित विभिन्न संघ सस्थाहरुको सहभागिता सँगै गाईजात्राको मौलिक टाकटुके नाच र गुठी अष्ट्रेलियको सहकार्यमा चर्चित लाखे नाचको प्रस्तुति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.