प्रतिष्ठानलाई विद्युत् उपलब्ध

प्रतिष्ठानलाई विद्युत् उपलब्ध

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई विद्युत् उपलब्ध भएको छ । प्रतिष्ठानमा आवाश्यकता अनुसारको विद्युत् नहुँदा उपकरण सञ्चालनमा समस्या भएपछि विद्युत् खोजी भएको थियो । हाल सदरमुकाममा अवस्थित खलंगा साना जलविद्युत् उपभोक्ता समितिले वितरण गर्ने विद्युत् नगरवासीलाई समेत अपुग भएकाले प्रतिष्ठानलाई आवाश्यकताअनुसार विद्युत् उपलब्ध नहुँदा जिल्लाको गुठिचौर गाँउपालिका–५ मा अवस्थित नौमुले लघु जलविद्युत् आयोेजनाबाट प्रतिष्ठानले विद्युत् खरिद गरेको हो । उक्त विद्युत्को मंगलबार प्रतिष्ठान उद्घाटन गरिएको छ । नौमुले लघु जलविद्युत् आयोेजनाले उत्पादन गरेको सय किलोवाटको विद्युत्् गाउँमा ३५ किलोवाट मात्र खपत भएपछि बाँकी प्रतिष्ठानलाई बिक्री गरिएको आयोजना अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।

उनका अनुसार प्रतिष्ठानलाई प्रतियुनिट आठ रुपैयाँका दरले बिक्री भएको विद्युत््बाट आम्दानी भएको रकम विद्युत् गृहको मर्मत सम्भारमा खर्च गरिने तथा कोषमा जम्मा हुने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले विद्युत् उपलब्ध भएपछि आगामी दिनमा सिटी स्क्यानदेखि भेन्टिलेटरसम्मका महŒवपूर्ण उपकरण सञ्चालन गर्न सहज हुने बताए । उनका अनुसार विद्युत् समस्याकै कारण प्रतिष्ठानले यसअघि गर्दै आएको धेरैजसो आकस्मिक बिरामी रेफर गर्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ । दुईपक्षीय सम्झौताका आधारमा प्रतिष्ठानले करिब दुई वर्षपछि विद्युत् पाएको हो । यो विद्युत् आयातका लागि दानसाँघुदेखि प्रतिष्ठानसम्म विद्युत् जडानस्वरूप ६५ लाखको ठेक्का पाएको रोचिनी इन्टर पुन्टिमेन्टर प्रालि काठमाडौंले आफ्नो काम सकेर प्रतिष्ठानलाई विद्युत् हस्तान्तरण गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.