एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

काठमाडौं : ओमानसँग एसियाकप छनोटको पहिलो खेलिरहेको नेपालले ओमानलाई २२२ रनको विजय लक्ष्य दिएको छ ।   एसीसीको आयोजनामा मलेसिया क्वालालम्पुरको बायोमास रंगशालामा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो । 

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि सागर पुनले सर्वाधिक रन बनाए ।  पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाए । नेपालको खातामा ज्ञानेन्द्र मल्ले ४५, आरिफ शेखले ३८, करण केसीले २६ रन जोडे । त्यसैगरी दिपेन्द्र ऐरीले ९, पासर खड्काले ८, सोमपाल कामीले ५ र सुवास खकुरेलले ४ रन जोडे ।

नेपालका लागि सुरुवाती ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसके पनि लामो समयपछि राष्ट्रिय टोलीमा पुनारागमन गरेका सागर पुनले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भयो । सागरलाई अर्का मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले राम्रो साथ दिए । सागर र आरिफ मिलेर पाचौं विकेटका लागि ९२ रनको साझेदारी गरे । 

सातौ विकेटको रुपमा सोमपाल कामी आउट भएपछि आठौं नम्बरमा ब्याटिङमा आएका करण केसीले विस्फोटक पारी खेले । १० बलमा २६ रन बनाएका उनले २ छक्का र १ चौका हाने । 

अन्तिम ओभरमा नेपालले सागर पुन र वसन्त रेग्मीको विकेट गुमाए पनि १७ रन जोड्यो । 

६ टोली सम्मिलित प्रतियोगिताको उपाधि विजेता एक टोली सेप्टेम्बरको १५ देखि ३० तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एसिया कपका लागि छनोट हुनेछ । छनोट भएको सो टोलीले एसिया कपको समूह एमा रहेर भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.