ओमानको दोस्रो विकेट, सन्दीपको बलमा जितेन्द्र आउट
काठमाडौँः ओमानसँग एसियाकप छनोटको पहिलो खेलिरहेको नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाउन सफल भएका छन् । सन्दीपको बलमा रोहित पौडेलले जितेन्द्रसिंहलाई रन आउट गरेका हुन् ।
२२२ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको ओमानको विकेट लिन नसकेर दबाबमा परेको नेपाललाई राहत दिने क्रममा सन्दीपले २१ औँ ओभरमा जितेन्द्र सिंहलाई रनआउट गरेका हुन् ।
जितेन्द्र ६७ बलमा ३० रन बनाएको अवस्थामा पेभेलियन फर्किएका हुन् । यसअघि नेपालका लागि कप्तान पारस खड्काले पहिलो विकेट लिएका थिए । ओमानले अहिले ताजा अवस्थामा २४ ओभर खेल्दै २ विकेटको क्षतिमा ७४ रन बनाएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायोमास रंगशालामा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएपछि २२२ रनको चुनौती दिएको थियो । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।
। नेपालका लागि सागर पुनले सर्वा्धिक रन बनाए । पुनले ८४ बलमा ६ चौका र २ छक्कासहित ८३ रन बनाए । नेपालको खातामा ज्ञानेन्द्र मल्ले ४५, आरिफ शेखले ३८, करण केसीले २६ रन जोडे । त्यसैगरी दिपेन्द्र ऐरीले ९, पासर खड्काले ८, सोमपाल कामीले ५ र सुवास खकुरेलले ४ रन जोडे ।