एसियाडमा प्याराग्लाइडिङले दिएको खुसी (फोटो फिचर)

एसियाडमा प्याराग्लाइडिङले दिएको खुसी (फोटो फिचर)

काठमाडौँ : इन्डोनेसियामा जारी १८ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताबाट नेपालले खाली हात फर्किनु नपर्ने भएको छ । प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्रीतर्फको टोलीले रजत पदक जित्न सफल भएसँगै नेपालले रित्तै फर्किनुपर्ने बाध्यता टरेको हो । 

पोखरा र स्याङ्जामा गरिँदै आएको प्याराग्लाइडिङले पर्यटकलाई मात्रै खुसी बनाएन देशलाई समेत पदक दिँदै इज्जत बचाइदिन सफल भयो । यो पकट राष्ट्रिय खेलकुद परिषद्ले आश गरेका तेक्वान्दो, कराँते, बक्सिङ र ब्याडमिन्टन सबै खेलमा निराशा हात लागेका बेला प्याराग्लाइडिङले देशको इज्जत जोगाइदिएको हो । 

राखेपका सदस्य सचिव केशवकुमार विष्टले काठमाडौँबाट एसियाडमा उड्नुअघि र इन्डोनेसियामा पनि कराँते, तेक्वान्दोसहितका खेलमा पदक जित्ने दाबी गरेका थिए । राखेपले लगानी गरेका कुनै पनि खेलमा पदक हात नलागेको अवस्थामा प्याराग्लाइडिङले पहिलो सहभागितमै रजत जित्यो । 

पाँचौ तथा अन्तिम राउन्डको खेलमा जापानसँग २७ अंकको झिनो अन्तरले पराजित भएर नेपालले रजत जितेको हो । सन् १९९८ मा बैंककमा भएको एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । 

नेपाली प्याराग्लाइडरले रजत जितेपछि एसियाडको खेलस्थलमा पुगेका खेल पदाधिकारी, नेपाली खेल प्रेमी र अन्य खेलका खेलाडी पनि खुसीले नाचेका थिए । 

प्याराग्लाइडिङमा रजत जितेका नेपाली प्याराग्लाइडरहरु कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले भादगाउँले टोपीमा सजिएर पदक ग्रहण गरे । उनीहरुले राष्ट्रिय झण्डा फहराउँदै देशको गौरव बढाएकोमा खुसी बाँडे । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.