‘किशान भएँ भन्दैमा गरिब हुनु पर्दैन’

‘किशान भएँ भन्दैमा गरिब हुनु पर्दैन’

काठमाडौं : नेपालका लागि इजरायका राजदूत बेन्नी ओमेरले प्रजातन्त्रमा पत्रकारको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन्। नेपाल पत्रकार मञ्चको पाँचौ महाधिवेशनमा राजदूत आमेरले पत्रकारको दायित्व कुनै पनि सूचनालाई प्रवाह गर्नुमात्रै नभई सरकार र नीति निर्माणको तहमा बसेकाहरुले गरेका कामको विश्लेषण गरि त्यसलाई सुधार गर्न लगाउनु पनि रहेको अभिब्यक्ति दिए।

नेपाल र इजरायलको समान रुचिका लागि नेपाल सरकारसँग समन्वय गरेर अगाडि बढ्न आफू तयार भएको बताउँदै उनले बर्षेनी नेपाल भ्रमणमा आउने धेरै इजरायली पर्यटक यहाँको आतिथ्य र प्राकृतिक सौन्दर्यले खुसी हुने गरेका बताए। 

नेपाली युवाले इजरायलमा गएर सिकेको उन्नत कृषि प्रविधीलाई यहाँ आ आफ्नो ठाउँमा लागु गरेर उत्पादन गर्ने हो भने ‘किशान भएँ भन्दैमा गरिव हुनु पर्दैन’ भन्ने प्रमाणित गर्न सक्ने उनले सुनाए। यति मात्रै नभई नेपाली युवाले आफ्ना उत्पादनलाई स्थानिय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएर आम्दानी बढाउन सक्ने उनको सुझाव छ।

विगत पाँच वर्ष यता प्रत्येक वर्ष पाँच सय युवा इजरायल गएर ‘लर्न एण्ड अर्न’ नामक ११ महिने कार्यक्रममार्फत कृषिमा पढाई र अनुभव संगालेर नेपाल फर्कने गरेका छन्। उनीहरुले पाँच दिन कृषिका काम गर्ने र सुक्रबार एक दिन हेब्रु युनिभर्सिटी अफ जेरुसेलमको कृषि विभागका प्राध्यापकसँग कृषि क्षेत्रमा आएको नयाँ प्रविधीका बारेमा अध्ययन गर्ने गरेका छन्। 

एघार महिनाको अवधिमा ती युवाले आफूसँगै ज्ञान र अनुभव मात्रै नभई ११ देखि १६ लाखभन्दा बढी बचत समेत गर्न सक्नेछन्। हालसम्म यस कार्यक्रममार्फत दुई हजार सात सय युवा लाभान्वित भइसकेको जानकारी दिँदै राजदूत ओमेरले नेपाल र इजराइलबीचको कुटनीतिक सम्बन्धले दुई देशबीचको आर्थिक विकासमा योगदान पु¥याउन मद्धत पुगेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले हालै आएको फौजदारी र देवानी संहिताले नेपाली पत्रकारिता क्षेत्रमा अंकुश लगाएको र पत्रकारलाई स्वतन्त्र रुपमा काम गर्न रोक लगाएकाले यसको शंसोधनका लागि सरकारलाई पहल गर्न महासंघले अभियान नै संचालन गरेको बताए।

महासंघको एशोशियट शाखाको रुपमा रहेको नेपाल पत्रकार मञ्चको पाँचौ महाधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ललितध्वज खड्का, महासचिवमा विमलकुमार थापा, सचिव प्रितमसागर कर्माचार्य तथा कोषाध्यक्षमा यज्ञबहादुर ढकाल रहेका छन्। 

सदस्यमा विष्णुलाल श्रेष्ठ, प्रज्ज्वल थापा, राजु भण्डारी, उदयनारायण भट्टराई, जितेन्द्र श्रेष्ठ (जेन), लक्ष्मण पन्थी, कमला नेपाल, मनिषा अबस्थी, पासाङ शेर्पा, मनुका कुँवर, सुनिता लोहनी तथा बसन्त शर्मा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष विद्रोहीले पत्रकारहरुको हकहित र अधिकार संरक्षण गर्ने सन्दर्भमा मञ्च सदैव क्रियाशील रहेको बताउँदै मुलुकमा जारी कुनै पनि कानुनले प्रेस स्वतन्त्रालाई हनन् गर्न नमिल्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.