सोनालीका हत्यारा खोज्दै आमाहरु सडकमा (फोटो फिचर)

सोनालीका हत्यारा खोज्दै आमाहरु सडकमा (फोटो फिचर)

महोत्तरी : नाबालिका सोनालीको हत्यामा संलग्नलाई पक्राउ नगरिएको विरोधमा कयौँ आमाहरुसहित स्थानीयवासी सडकमा उत्रिएका छन् । उनीहरुले बर्दिवास-औरही-जलेश्वर सडकखण्ड बुधबार ठप्प पारे । 

बिहानैदेखि टायर बालेर प्रदर्शनमा उत्रेका औरहीवासीले दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन्। हजार भन्दा धेरै स्थानीय सडकमा उत्रिएका हुन् । जसमा कयौँ आमाहरु पनि सोनालीका हत्यारालाई कारबाही माग गर्दै सडकमा निस्किए । 

स्थानीयको आन्दोलनमा समर्थन जनाउँदै औरही उद्योग वाणिज्य संघले बजार बन्दको नेतृत्व गरेको छ। बजार, पसल तथा कलकारखाना बन्द छन्। बालिका अपहरण गरी हत्या गर्नेको पहिचान गरी प्रहरीलाई जानकारी दिएको चार दिन बितिसक्दा पनि छानबिन गर्ने तर्फ प्रहरीले चासो नदिएको आरोप स्थानीयबासीको छ।

आइतबार साँझ औरही नगरपालिका-१ का सन्तोष चौधरीकी ८ महिने छोरीलाई पसलमा आमासँगै रहेको बेला अपरिचित व्यक्तिले अपहरण गरेका थिए। सोमबार बालिकाको शव औरही गाउँभन्दा पूर्व खेतमा भेटिएको थियो। मृतक बालिकाको शव कपडा यत्रतत्र फालेको र शरीरमा घाउचोट भएको अवस्थामा भेटिएको थियो।

मृतकका बाबु सन्तोष चौधरीले सीसी टिभी फुटेजका आधारमा आफ्नी छोरीलाई अपहरण गर्ने व्यक्ति महोत्तरी हतिसर्वाका जमुनियाका २५ वर्षीय भरत साह भएको दाबी गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.