धारामा पानी नआएपछि खानेपानी संस्थानमा गृहिणीको धर्ना

धारामा पानी नआएपछि खानेपानी संस्थानमा गृहिणीको धर्ना

सिरहा : घर-घरमा जडान भएको धाराबाट खानेपानी आउन छाडेपछि सिरहाको लहान नगरपालिकाका गृहिणीले आन्दोलन सुरु गरेका छन्।

 
बुधबार आक्रोशित गृहिणीले खानेपानी संस्थान कार्यालय घेराउ गरेका हुन्। समस्या कार्यालय प्रमुखलाई सुनाउन हात–हातमा बाल्टिन लिएर संस्थान पुगेका गृहिणीले संस्थान प्रमुख विनोद मिश्रलाई नभेटेपछि कर्मचारीलाई समस्या सुनाएका छन्। 

‘पानी नआए पनि बिल तिर्नुपर्छ, लहान ५ कि अमिना खातुनले भनिन्, ‘पैसा तिर्दा पनि सेवा पाइदैन भने किन पैसा तिर्ने ?’ उनीहरुले बिजुली नहुँदा धारामा अलिअलि पानी आउने तर बिजुली आएपछि बन्द हुने समस्यासमेत सुनाए। 

आफ्ना समस्या कार्यालयमा पटक–पटक सुनाउन आएपनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ।

धारामा पानी नआउँदा धेरै दुःख भोग्नु परेको गुनासो लहान ६ कि कृष्णमाया बनेपालीले गरिन् । ‘छ महिनादेखि खानेपानी समस्या छ, हाकिमले कुनै चासो देखाएका छैनन्,’उनले भनिन्,‘केही महिना अघिसम्म अलिअलि पानी आयो, अहिले त ठयाप्पै आउँदैन्।’

    
संस्थानका सुपरभाइजर सूर्यनारायण चौधरीका अनुसार ४ लाख ५० हजार क्षमताको ‘ओभर हेड टयाकं’ र रिर्जभ टयाकंमा पानी जम्मा गर्नलाई तीन वटा ‘वेल’ निर्माण गरिएको छ। एउटा वेलमा अहिले धमिलो पानी आउँदा बन्द भएको उनले बताए। ‘जमिनबाट पनि पानी आउन छाडेको छ,’ उनले भने,‘वेल पनि बिग्रेको छ, त्यसैले खानेपानीको समस्या भइरहेको छ।’

धाराको धमिलो पानी खाँदा स्थानीय बिरामी भएपछि गृहिणी आक्रोशित भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.