वामदेवलाई भोट मागेर डोल्पाबाट फर्किए राज्यमन्त्री बुढा

वामदेवलाई भोट मागेर डोल्पाबाट फर्किए राज्यमन्त्री बुढा

दुनै,डोल्पा : संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढा गृहजिल्ला डोल्पामा नेकपा नेता वामदेव गौतमलाई भोट मागेर फर्किएका छन् । राजीनामा दिने या नदिने दोधारमा परेपछि गृहजिल्ला पुगेका उनी मतदाताको राय लिएर काठमाडौं फर्किएका हुन्।  

बर्दियाबाट आफ्नै कमजोरीले नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका नेता गौतमलाई नेकपाले डोल्पामा उठाउने चर्चा केही महिनादेखि चलिरहेको अवस्थामा राज्यमन्त्री बुढा राजीनामा दिने मनस्थिति बनाएर काठमाडौँ फर्किएका हुन् ।

बुढालाई राजीनामा गराएर वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरिसकेका छन् । मतदातासँगको परामर्शपछि उपनिर्वाचनका लागि राज्यमन्त्री बुढाले बामदेवका लागि भोट मागेर काठमाडौं फर्किएका हुन्। 

गृह जिल्लामा मतदाताको सुझाव लिन आएका बुढाले वामदेवका लागि भोट मागिदिँदै  काठमाडौं फर्किएका छन्। स्थानीय तहमा विशेष कार्यक्रम गर्ने योजना छाडेर बुढा बिमस्टेक बैठकमा सहभागी हुन बिहीबार काठमाडौं फर्किएको उनका स्वकीय सचिव भीमबहादुर बुढाले जानकारी दिए। 

जिल्ला बसाइका क्रममा उनलाई मतदाताले राम्रो सुझाव र सल्लाह दिएकको भन्दै आफु राजीनामा दिने मनस्थितिमा पुगेको राज्यमन्त्री धनबहादुर बुढाले बताएका छन् ।

'मैले गृह जिल्लामा मतदाताको राय लिएको छु, केन्द्रको निर्णय र मतदाताको राय अनुसार राजीनामा दिनेछु', उनले भनेका छन् । राज्यमन्त्री बुडाले हाइप्रोफाइल शीर्ष नेता पाउनु डोल्पालीका लागि शौभाग्य भएको पनि दाबी गरे । बुढाले उपनिर्वाचनमा वामदेवलाई भोट हाल्न पनि मतदातालाई अनुरोध गरेका छन् । 'हामीले वामदेव गौतमलाई जितायौं भने जिल्लाको मुहार फेरिनेछ, ढुक्‍क हुनुहोस्, पार्टीले घात गर्ने छैन', उनले मतदातालाई फकाउँदै भने । 

'वामदेव एक उच्च पदस्थ नेता हुन्, हामीले सम्मान गर्नुपर्छ, मैले राजीनामा दिएँ भने मन्त्री र राष्ट्रियसभाको सर्त राखेको छु, तपाईँहरुको मतको कदर गर्छौं', उनले भने ।

मतदाताको चासो, केन्द्रको निर्णय के हो ?

डोल्पाबाट भारी मतले विजयी राज्य मन्त्री बुढालाई राजीनामा दिन लगाएर उपनिर्वाचन गराई वामदेवलाई जिताउने निर्णय केन्द्रले कुन सर्तमा गरेको भन्ने कुरा डोल्पालीले जान्न चाहेका छन् । मतदाताले वास्तविक कुरा जान्न चाहे पनि राज्य मन्त्री बुढाले भने कुनै कुरा खोल्न मानेनन् । 

त्रिपूरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकास्थित जुफालमा भएको छलफलमा अधिकांशको प्रश्न नै केन्द्रको निर्णय के हो ? कुन सर्तमा राजीनामा गरी उपनिर्वाचन गराउने ? भन्ने थियो।

मतदाताहरुको प्रश्नको जवाफमा राज्यमन्त्री बुढाले केन्द्रले आधिकारिक निर्णय गरिनसकेको र मतदाताको राय सुझाव अनुसार राजीनामा दिने उत्तर दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.