काकाबाटै बलात्कृत भइन् ५ वर्षीया बालिका

काकाबाटै बलात्कृत भइन् ५ वर्षीया बालिका

नेपालगन्ज : कोहलपुर नगरपालिका– ३ मैटहवामा ५ वर्षीया मुस्लिम समुदायकी एक बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । १९ वर्षीय हरुण खानले मंगलबार दाजुकी छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

भारतको उत्तर प्रदेश राज्यस्थित भिङ्गी रहेली घर भइ मैटहवामा चौधरीका घरका टहरामा बसेर तन्ना र कपडा बेच्ने ती दाजुभाइ परिवारसहित बस्थे । बाबुआमा घरमा नभएको मौकामा खानले दिउँसो तीन बजेतिर भतिजीलाई बलात्कार गरेका थिए । 

‘घटनाकोे खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर अभियुक्तलाई पक्राउ गरेको छ’, इप्रका कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले अन्नपूर्णसँग भने, ‘हाम्रो टोली पुग्दा बालिकाको योनीबाट रगत बगिरहेको थियो । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान अघि बढाएका छौं ।’ 

प्रहरीले बुधबार नै जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राख्न म्याद थप गरेको अदालतका सूचना अधिकारी धनसिंह गिरीले जानकारी दिए । अदालतबाट पटक–पटक गरी २५ दिनसम्म पुर्पक्षका लागि थुनामा राख्न अदालतले म्याद थप गर्न सक्ने कानुनी व्यवस्था छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.