जहाज खरिद प्रकरण : छानविन समिति परिवर्तन

जहाज खरिद प्रकरण :  छानविन समिति परिवर्तन

काठमाडौं : पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमको वाइडबी जहाज छानविन समिति बुधबार परिवर्तन गरेको छ । जहाज खरिद सम्झौता गर्दा निगम सञ्चालक समिति सदस्य रहेका बुद्धिसागर लामिछाने यसको संयोजक बनाइएका छन् ।

यसअघि मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा समिति बनाइएको थियो । उनी पनि पछिल्लो समय करिब एक वर्ष निगम सञ्चालक समितिमा थिए ।

खरिद निर्णयकर्ताबाटै समिति बनाइएको भन्दै आचार्यको समितिको आलोचना भएको थियो । बदलामा झन् खरिदमै संलग्न अर्का सहसचिव लामिछानेलाई ल्याइएको हो । आचार्यको समितिले दुई पटक बैठक गरिसकेको थियो ।

बिचौलिया प्रयोग गरी किनिएका दुई विमानमा ठूलो मात्रामा आर्थिक चलखेल भएको आशंकमा अख्तियारले छानबिन सुरु गरेको छ । महालेखापरीक्षकले पनि यसमा कडा प्रश्न उठाएको छ । त्यसलाई छानबिनका नाममा ढाकछोप गर्न मन्त्रालयले निर्णयकर्ताकै समिति बनाएको हो ।

म्याद १५ कार्यदिन दिइएको समितिका संयोजक लामिछानेले यसलाई ‘वाइडबडी जहाज खरिद अध्ययन समिति’ रहेको बताए । ‘यो समितिले हाल बाहिर आएका विषय र जहाज खरिदमा भएका सत्यतथ्य के रहेछन् भनेर पारदर्शी प्रतिवेदन सार्वजनिक गर्नेछ’, उनले भने, ‘जहाज खरिद पारदर्शी नै छ । जे भएको थियो, प्रक्रियाअनुसारै थियो । तर, पनि अध्ययन गर्नुपर्ने भएकाले मन्त्रालयले समिति बनाएको हो ।’

लामिछाने संयोजकत्वको समितिमा निगम सञ्चालक समिति सदस्य मुक्ति पाण्डे र नागरिक उड्डयन प्राधिकराणका एक प्रतिनिधि र आवश्यकता अनुसार विज्ञ राख्न सक्ने गरी हाललाई ३ सदस्यीय बनाइएको छ । ‘जसमाथि छानविन हुनुपर्ने हो, उसैको छानविन समिति बनाएपछि कस्तो प्रतिवेदन देला ? ’ मन्त्रालयका एक अधिकारीले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.