हेलो नेपालको बक्याैता ५७ करोड

हेलो नेपालको बक्याैता ५७ करोड

काठमाडौं : नेपाल स्याटलाइट टेलिकम प्रालि (हेलो नेपाल) ले फ्रिक्वेन्सी दस्तुरबापत नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने रकम ५७ करोड रुपैयाँ पुगेको छ। प्रत्येक वर्ष बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर हेलो नेपालले तीन वर्षदेखि नबुझाएको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणको फ्रिक्वेन्सी शाखा प्रमुख रोजाकिरण बासुकलाका अनुसार हेलो नेपालले आर्थिक वर्ष २०६२/०६३ देखि अहिलेसम्म कुनै पनि दस्तुर बुझाएको छैन। ‘त्यसभन्दा अघि पनि कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने केही रकम बाँकी थियो’, उनले भनिन्, ‘हेलो नेपालको साउनसम्ममा ५६ करोड ९२ लाख बक्यौता देखिएको छ। त्यसमा ४० करोड ६८ लाख फ्रिक्वेन्सी दस्तुर र बाँकी जरिवान हो।’ उनका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७४/७५मा फ्रिक्वेन्सी प्रयोगकर्ता कम्पनीबाट तीन अर्ब रुपैयाँभन्दा बढी दस्तुर उठाएको छ। उनका अनुसार हेलो नेपालबाहेक टु जी, थ्रीजी र फोरजीको फ्रिक्वेन्सी, जीएमपीएस (स्याटलाइट फोन) तथा भिस्याट सेवाको फ्रिक्वेन्सी प्रयोग गर्ने १० कम्पनीबाट फ्रिक्वेन्सी दस्तुर उठाइएको छ।

प्राधिकरणका अनुसार गत आवमा फ्रिक्वेन्सी दस्तुरमार्फत तीन अर्ब ७८ करोड रुपैयाँ असुल भएको छ। त्यसमा सबैभन्दा धेरै रकम बुझाउनेमा एनसेल प्रालि छ। एनसेलले गत आवमा टूजी, थ्रीजी र फोरजीको फ्रिक्वेन्सी, जीएमपीएस (स्याटलाइट फोन) तथा भिस्याट सेवाको फ्रिक्वेन्सीका लागि एक अर्ब ४१ करोड ४६ लाख रुपैयाँभन्दा बढी प्राधिकरणलाई बुझाएको छ। धेरै दस्तुर तिर्ने कम्पनीको दोस्रो स्थानमा नेपाल टेलिकम छ। सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले गत आवमा प्राधिकरणलई एक अर्ब २१ करोडभन्दा बढी रकम बुझाएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हाल बन्द जस्तै रहेको युनाइटेड टेलिकम प्रालिले पनि गत आर्थिक वर्ष फ्रिक्वन्सी रकम बुझाएको छ। फ्रिक्वेन्सी दस्तुरबापत गत आवमा युनाइटेड टेलिकमले २० करोड चार लाख प्राधिकरणलाई तिरेको छ। धेरै दस्तुर बुझाउने कम्पनीको सूचीमा युनाइटेड टेलिकम तेस्रो स्थानमा छ।

प्रत्येक वर्ष बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर हेलो नेपालले तीन वर्षदेखि बुझाएको छैन।

यस्तै चौथो स्थानमा स्मार्ट टेलिकम प्रालि छ। गत आबदेखि फोरजी सेवा सुरु गरेको स्मार्टले फ्रिक्वेन्सी दस्तुरमार्फत प्राधिकरणलाई १९ करोड सात लाखभन्दा बढी रकम बुझाएको छ। यस्तै हाल सञ्चालनमा नरहेको सीजी कम्युनिकेसन्स प्रालिले पनि गत आवमा फ्रिक्वेन्सी दस्तुरबापत प्राधिकरणलाई ठूलै रकम बुझाएको छ। सीजीले गत आवमा प्राधिकरणलाई पाँच करोड ८५ लाख रकम तिरेको प्राधिकरणले जनाएको छ। सञ्चालनमै नरहेको भए पनि सीजी टेलिकमले फ्रिक्वेन्सी दस्तुर बुझाउँदा अर्को कम्पनी नेपाल स्याटलाइट टेलिकम भने फ्रिक्वेन्सीबापतको दस्तुर नै नबुझाइ बसेको छ।

फ्रिक्वेन्सी दस्तुर बुझाउन बारम्बार पत्र पठाउँदा पनि कुनै प्रतिक्रिया नआएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हेलो नेपाललाई मासिक रूपमा पत्र पठाए पनि उसले त्यसमा कुनै प्रतिक्रिया जनाएको छैन।

फ्रिक्वेन्सी दस्तुर बुझाउने अन्य कम्पनीमा बैंक र जलविद्युत् छन्। उनीहरूले भिस्याट प्रयोग गरेबापत फ्रिक्वेन्सी दस्तुरका नाममा प्राधिकरणलाई रकम बुझाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.