मल नपाउँदा किसान मर्कामा

मल नपाउँदा किसान मर्कामा

मलंगवा : गोडमेल गरेर मल हाल्ने समयमा मलको सहज पहुँच नहुँदा सर्लाहीका धान किसान चिन्तित बनेका छन् । जिल्लामा सहज पहुँच नहुने र भारतबाट ल्याउन नपाएपछि झन् ठूलो समस्या भोग्नुपरेको किसानले बताएका छन् ।

कृषि सामग्री केन्द्रले सहकारी संस्थामार्फत मल बिक्री वितरण गर्न थालेपछि किसानले चर्को मूल्यमा मल किन्न बाध्य हुनुपरेको हो । जिल्लामा १५ सयदेखि २ हजार टनसम्म मल आवश्यक परे पनि कृषि सामग्री केन्द्रमा आवश्यक मल नआउँदा किसानलाई समस्या भएको हो । केन्द्रबाट ७ सय ६५ रुपैयाँमा बिक्री हुँदै आएको प्रतिबोरा मल किसानले ९ सयदेखि ९ सय ५० रुपैयाँमा किन्नुपर्ने अवस्था आएको छ । सहकारीको मल पनि व्यापारीकहाँ पुग्दा किसान चर्को मूल्य तिर्न विवश बनेका छन् ।

जिल्लामा अहिले ६३ टन मल मात्रै रहेको केन्द्र प्रमुख बज्रमणि लामाले बताए । जिल्लामा ४६ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको छ । ‘साउनमा ५ सय २७ टन वितरण गरिएको र भदौमा अहिलेसम्म २ सय ५० टन वितरण भइसकेको र अहिले ६३ टन बाँकी रहेको लामाले बताए ।

७ सय ६५ रुपैयाँमा केन्द्रबाट बिक्री हुने मललाई २ सय बढी तिरेर किन्नुपरेको मलंगवा–२ का गगनदेव रायले बताए । उनले भने, ‘भारतबाट ल्याउन पाइँदैन, नेपालमा चर्को मूल्य तिर्नुपरेको छ ।’ समयमै मल पाइएन भने उत्पादनमा कमी आउने डरले पनि महँगोमा खरिद गर्नु परेको उनको गुनासो छ । भन्छन्, ‘सहकारीले पनि २ बोराभन्दा बढी दिँदैन, १ बोरा मल १० देखि १२ कठ्ठामा सकिन्छ । बढी खेत भएका किसानलाई झन् धेरै समस्या छ ।

मलका लागि ४ दिनदेखि धाउँदा पनि मगंलबार मात्र मल पाइएको गम्हरियाका किसान उमेश दासले बताए । ४ दिनपछि पनि ९ सय ५० रुपैयाँ तिरेर दुई बोरा मात्र मल पाएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.