गोरखा कांग्रेसले तोक्यो ११ तहमा संयोजक

गोरखा कांग्रेसले तोक्यो ११ तहमा संयोजक

गोरखा : नेपाली कांग्रेसले सबै स्थानीय तहस्तरको पार्टी संयोजक चयन गरेको छ। जिल्ला समिति बैठकले नौ गाउँपालिका र दुई नगरपालिकास्तरको संयोजक तथा महिला संयोजक चयन गरेको जिल्ला सभापति हरिबहादुर घलेले जानकारी दिए।

सदरमुकाम रहेको गोरखा नगरपालिकाका पार्टी संयोजकको जिम्मेवारी यसअघिकै नगरसभापति चन्दनबाबु खत्रीलाई दिएको छ भने महिला संयोजकमा महिला संघकी अध्यक्ष बिनाकुमारी श्रेष्ठलाई चयन गरेको सभापति घलेले जानकारी दिए। श्रेष्ठ नगरपालिकाकी उपमेयर समेत हुन्।

त्यस्तै, पालुङ्टार नगरपालिकाको संयोजकमा यसअघिकै नगरसभापति दीपकबाबु कँडेल चयन भएका छन् भने महिला संयोजकमा चेतकुमारी श्रेष्ठ चयन भएकी छन्। कँडेल पालुङ्टार नगरपालिकाका मेयर समेत हुन्।

सिरानचोक गाउँपालिकाका कांग्रेस पार्टी संयोजकमा कृष्णप्रसाद पोखरेल(छोप्राक) चयन भएका छन् भने महिला संयोजकमा रीता देवकोटा चयन भएकी छन्। त्यस्तै, अजीरकोट गाउँपालिकाका संयोजकमा ओमबहादुर गुरुङ चयन भएका छन् भने महिला संयोजकमा चन्द्रमाया गुरुङ चयन भएकी छन् ।

त्यस्तै, बारपाक सुलीकोट गाउँपालिकाका संयोजकमा जीतबहादुर घले चयन भएका छन् भने महिला संयोजकमा अम्बिका थापा चयन भएकी जिल्ला सभापति घलेले जानकारी दिए।

त्यसैगरी धार्चे गाउँपालिकाका कांग्रेस पार्टी संयोजकमा माला गुरुङ चयन भएका छन् भने महिला संयोजकमा फूलमाया गुरुङ चयन भएका छन्। चुमनुब्री गाउँपालिकाका संयोजकमा सूर्य गुरुङ चयन भएका छन् भने सो गाउँपालिकामा महिला संयोजक चयन नगरिएको घलेले जानकारी दिए।

त्यस्तै आरुघाट गाउँपालिकाका संयोजकमा गगन अधिकारी चयन भएका छन् भने महिला संयोजकमा कल्पना नेपाली चयन भएकी छन्। भीमसेनथापा गाउँपालिकाका संयोजकमा भरत भट्ट चयन भएका छन् भने महिला संयोजकमा बिनु वाग्ले चयन भएकी छन्। 

त्यस्तै सहिदलखन गाउँपालिकाका संयोजकमा खुनप्रसाद रेग्मी चयन भएका छन् भने महिला संयोजकमा सर्मिला श्रेष्ठ चयन भएकी छन्। गण्डकी गाउँपालिकाका संयोजकमा भीमप्रसाद अर्याल चयन भएका छन् भने महिला संयोजकमा ललिता अधिकारी चयन भएकी सभापति घलेले जानकारी दिए । 

बारपाक सुलीकोट र सहिदलखन गाउँपालिकाबाहेक सबै गाउँपालिकाका महिला संयोजक उपप्रमुखमा निर्वाचित जनप्रतिनिधि समेत हुन्। ती दुई गाउँपालिकामा नेकपाबाट विजयी उपप्रमुख भएकाले पार्टी संयोजकमा नयाँ संयोजक चयन गरिएको कांग्रेसले जनाएको छ।अर्को महाधिवेशनसम्म नवनिर्वाचित संयोजकको कार्यअवधि रहने व्यवस्था छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.