एसिया कप क्रिकेट छनोट : चार विकेट क्षतिमा नेपालको सय रन पुरा
काठमाडौँ : एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत भएको आफ्नो दोस्रो खेलमा नेपालले अहिले युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरिरहेको छ ।
पहिलो खेलमा सिंगापुरलाई हराएर उत्साहित युएईले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २५४ रन बनाएपछि पाएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली सुरुमै लड्खडायो ।
नेपालका ओपनर ज्ञानेन्द्र मल्ल आज पनि चल्न सकेनन् । उनले ४ बलमा ४ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । उनी आउट भएपछि अर्का ओपनर सुवास खकुरेलले तेस्रो क्रमका पारस खड्कासँग तालमेल मिलाउँदै व्यक्तिगत अर्धशतक बनाए । उनी ९७ बलमा अर्धशतक पुरा गरेलगत्तै आउट भए ।
आज पारस खड्का पनि जम्न सकेनन् । उनी २० बलमा १६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसपछि आएका सागर पुनले लय समात्ने कोशिश गरे पनि लामो समय टिकेनन् । अघिल्लो खेलमा अर्धसतक बनाएका सागरले २० बलमा ३ रन बनाएको अवस्थामा पेभेलियन जानुपर्यो ।
अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी ४१ बलमा २२ रन बनाएर खेलिरहेका छन् । उनलाई अरिफ सेखले साथ दिएका छन् तर उनले खाता खोलिसकेका छैनन् ।
ताजा अवस्थामा नेपालले ३१ ओभरको सामना गर्दै ४ विकेटको क्षतिमा १०२ रन बनाएको छ । यसअघि युएईलाई मध्यम योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामी र बसन्त रेग्मीले पनि समान २–२ विकेट लिए ।