अन्नपूर्ण सम्पूर्णको पहिलो वार्षिकोत्सव

अन्नपूर्ण सम्पूर्णको पहिलो वार्षिकोत्सव

काठमाडौं : सूचना र मनोरञ्जन प्रधान अन्नपूर्ण पोस्ट्को सहप्रकाशन साप्ताहिक ‘अन्नपूर्ण सम्पूर्ण’ को पहिलो वार्षिकोत्सव मनाइएको छ।

अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेटवर्ककको तीनकुनेस्थित प्रधान कार्यालयमा एक समारोहबीच केक काटेर प्रथम वार्षिकोत्सवको उद्घाटन गरे। अघिल्लो वर्ष भदौ १५ बाट अन्नपूर्ण सम्पूर्ण साप्ताहिक रुपमा प्रकाशन सुरु भएको हो।

कार्यक्रममा अध्यक्ष थापाले सम्पूर्णका सम्पादक राजन नेपाल र उनको सम्पूर्ण टिमलाई बधाइ दिए। उनले अन्नपूर्ण नेटवर्क अन्तर्गतका अन्नपूर्ण पोस्ट् दैनिक, एपी वान टेलिभिजन, अंग्रेजी साप्ताहिक  अन्नपूर्ण एक्सप्रेस, रेडियो अन्नपूर्ण, अन्नपूर्ण अनलाइनलगायत व्यवस्थापनको सहयोग, सहकार्य र समन्वयबाट एक वर्षको अवधिमा सम्पूर्णले उचाइ लिन सफल भएको बताए। 

‘प्रतिभावान टीम भएकाले एक वर्षमै यो पत्रिका अन्य प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न सफल भयो, तपाईंहरु सबैलाई बधाइ छ,’ थापाले भने, ‘पत्रिकालाई अझ राम्रो बनाउन व्यवस्थापनको पूर्ण सहयोग हुनेछ।’
अन्नपूर्ण मिडिया नेटवर्ककका ग्रुप सम्पादक विजयकुमार पाण्डेले पनि अन्नपूर्ण सम्पूर्णका सबै सहकर्मीलाई बधाइ दिए। सम्पादक र उनको टीम अनुभवी र मेहिनती भएकाले एक वर्षको अवधिमै पत्रिकाले उचाइ लिन सफल भएको पाण्डेको भनाइ छ। ‘उत्कृष्टताको कुनै सीमा हुँदैन,’ उनले भने, ‘सम्पादक कहिले पनि सन्तुष्ट हुनु हुँदैन, यही भावनाले हाम्रो अगाडिको वृद्धिलाई देखाउँछ।’

अन्नपूर्ण नेटवर्ककका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले सम्पूर्णका सम्पादकलगायत उनको टीमले गरेको मिहिनत र सामूहिक कार्य भावनाले पत्रिकाको श्रीवृद्धि भएको बताए। उनले यो पत्रिकालाई आर्थिक रुपले पनि सक्षम बन्न सकेकोमा सबैलाई बधाई दिए। 

अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापाले छोटो अवधिमा सम्पूर्णले ख्याति कमाएको उल्लेख गर्दै सम्पादक नेपाललाई बधाइ दिए। थापाले आगामी दिनमा मिडिया हाउसभित्रका सबै सहकर्मीसित मिलेर उचित समन्वय गर्दै अघि बढ्ने अठोट व्यक्त गरे। 

सम्पादक राजन नेपालले डिजिटल मार्केट बढिरहेको बेला यो पत्रिका आउनु आपैmंमा चुनौतिपूर्ण अवस्था रहेको उल्लेख गर्दै  आपूmले गरेको कामबाट केही हदसम्म सन्तुष्ट रहेको बताए। ‘तर म सन्तुष्ट भएर हुँदैन,’ उनले भने, ‘सम्पादकका रुपमा म सधैं असन्तुष्ट नै रहनेछु र यही भावना मेरा सहकर्मीबीच पनि रहनेछ।’ 
आगामी दिनमा अझ बढी मिहिनतका साथ अघि बढ्ने र व्यवस्थापनले गरेको सहयोगमा धन्यवाद ज्ञापन गरे। 

एपी वान एचडी टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्रीले सम्पादक नेपालको शालिनता, लगनशीलतासहितको नेतृत्वले पत्रिका अभिरुचिपूर्ण बनेको बताए। रेडियो अन्नपूर्ण एफएमका स्टेशन म्यानेजर ठाकुर बेलवासेले पनि सम्पूर्णका टीमलाई बधाई दिंदै सबै सहकर्मीको मिहिनत स्वरुप आज पत्रिकाले बजारमा व्यापक चर्चा पाएको उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.