ऋणमोक्ष तीर्थस्थलमा लेक लागेर असईको मृत्यु

ऋणमोक्ष तीर्थस्थलमा लेक लागेर असईको मृत्यु

गमगढी : जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत  प्रहरी असईको लेक लागेर मृत्यु भएको  छ ।

छाँयानाथ रारा नगरपालिका–१२ स्थित ऋणमोक्ष तीर्थस्थलमा मा भदौ दुई गते देखि सुरु जनै पूर्णिमा मेलामा सुरक्षाका लागि गएका दार्चुलाको महाकाली नगरपालिका–१ स्थायी घर भएका ४२ वर्षीय असई देविन्द्रसिंह धामीको ज्यान गएको हो । 

धामी जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत थिए । भदौ २ गते ४ हजार मिटर उचाईमा रहेको ऋणमोक्ष तीर्थस्थलको मूर्ति सुरक्षामा अन्य पाँच सुरक्षाकर्मीसहित उनी पुगेका थिए । 

धामीलाई तीर्थस्थल पुगिसकेपछि लेख लागेर बिरामी भएका थिए । सञ्चार सेवा नहुँदा जिल्ला प्रहरी कार्यालयमा ढिलो जाकारी पुगेको हो । 

उनको उद्धारका लागि दुई दिनसम्म हेलिकोप्टर परिचालन गरे पनि प्रतिकुल मौसमले अवतरण हुन नसक्दा  धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

भदौ २ गते छायाँनाथ रारा नगरपालिका–२ चैना गाँउबाट २ दिन लगाएर तीर्थस्थल पुगेका असई धामी लेक लागेर बिरामी भएका थिए । उनको उद्धारका लागी हुम्लाको सिमिकोटबाट हेलिकोप्टरसहित चिकित्सकको टोली पठाइएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.