गृहमन्त्रीले आईजीपीलाई भने : बलात्कार न्यूनीकरणको योजना खोई

गृहमन्त्रीले आईजीपीलाई भने : बलात्कार न्यूनीकरणको योजना खोई

काठमाडौँ  : गृहमन्त्री रामबहादुर थापा‘बादल’ले महिला हिंसा र बलात्कारका घटना न्यूनीकरण गर्न तत्काल विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बिहीबार गृहमन्त्रालयमा बोलाएर मन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनामा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणित कार्य रोक्न विशेष योजना बनाउन निर्देशन दिएका हुन् । 

बलत्कारका घटना न्यूनीकरणका लागि देशव्यापीरुपमा अभिभावकदेखि बालबालिकासम्ममाझ सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहले ठहर गरेको छ ।  

गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीँकतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारवाही गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिए । 
महिला हिंसा र बलत्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भीरतापूवर्क कारवाही अघि बढाउन समेत उनले निर्देशन दिए । 

गृहसचिव प्रेमकुमार राईसमेत सहभागी त्यस छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्य बाहिर ल्याउन गठित छानविन समितिलाई सहयोग पुग्ने गरी सबैपक्षले काम गर्नुपर्ने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.