दिल्लीबाट घर फर्किँदै गरेका नेपालीलार्इ भारतीयले लुटे

दिल्लीबाट घर फर्किँदै गरेका नेपालीलार्इ भारतीयले लुटे

कञ्चनपुर: भारतको नयाँ दिल्लीबाट फर्कँदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा भारतमै लुटिएका छन् । बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन् । 

'सँगै बसेका युवाले आइसक्रिम खान दियो, आफूले पनि खायो', पीडित तिरुवाले भने, 'छ महीना काम गरेर कमाएर ल्याएको भारतीय ४० हजार र परिवारका लागि ल्याएको कपडा सबै लुटेराले लुटेर लगेको छ ।' बेहोस अवस्थामै सीमावर्ती बजार बनवासा पुगेपछि नेपालीको सहयोगमा उनी घर पुगेका छन् । 

भारतमा मृत्यु 

कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका-६ का करिब २२ वर्षीय रनि साउदको भारत गुडगाँवस्थित रोहतकमा बुधवार सडक दुर्घटनामा मृत्यु भएको छ । सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा साउदको मृत्यु भएको मृतकका छिमेकी तर्कराज भट्टले जानकारी दिए । 

मृतकको शव रोहतकस्थित सरकारी अस्पतालमा राखिएको छ । शव ल्याउन मृतकका आफन्त भारत गएका छन् । मृतक साउद भारतमा रोजगारी गर्दै आएका थिए । साउदका श्रीमती र दुई छोरा छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.