उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’ : चीन
बेइजिङ : उत्तर कोरियासँगको सम्बन्धमा चीनका कारण थप जटिलता आएको भनी अमेरिकाले बेइजिङमाथि लगाएको आरोप ‘गैरजिम्मेवार र बेतुकको तर्क’ भएको बताउँदै चीनले आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार उत्तर कोरियासँगको सम्बन्ध चीनका कारण थप जटिल बनेको धारणा व्यक्त गरेका थिए। आफ्नो शीतयुद्धकालीन सहयोगीमाथि दबाव दिने विषयमा चीनले सहयोग नगरेको भन्दै अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाबारे चीनप्रतिको धारणा दोहोर्याएका हुन्।
ट्रम्पले यसअघि विदेशमन्त्री माइक पोम्पेओको यसै साता हुने तय भएको भ्रमण चीनको असहयोगका कारण रद्द भएको बताएका थिए। ‘सत्य, गैरजिम्मेवार र बेतुकको तर्क गर्ने देशमा अमेरिकाको नाम सबैभन्दा पहिला आउँछन्। धेरै मानिसले बुझेका छन्’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले सञ्चारकर्मीलाई भने, ‘यो तर्कलाई सबैले सजिलै बुझाउन सकिँदैन।’
उत्तर कोरियासँगको वार्ताका विषयमा प्रगति नभएका कारण ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनमाथि प्रत्यक्ष आलोचना नगरेर अरू पक्षलाई दोष थोपर्नु गलत भएको चीनको बुझाइ छ। उनले भने, ‘हामी चाहन्छौं, उत्तर कोरियासँगको वार्ता अघि बढाउने सम्बन्धमा चीनले जस्तै अमेरिकाले पनि सकारात्मक तथा रचनात्मक भूमिका खेल्नेछ। अमेरिकाले अरूलाई दोष दिनुभन्दा आफैंलाई हेरोस्।’ ट्रम्पले उत्तर कोरियाली नेताको आलोचना गर्न नसक्ने अनि अर्को पक्षलाई आरोप लगाउने गरेको उनको कथन थियो। केही दिनपूर्व वार्ताबारे उत्तर कोरियाले अमेरिकालाई चिठी पठाएपछि वार्ता स्थगित भएको र यसपछि विदेशमन्त्री माइक पेम्पोओको भ्रमण स्थगित भएको उनले खुलासा गरे। यद्यपि ट्रम्पले यो वार्ता आफूले रोकेको दाबी गरेका थिए।
ह्वाइट हाउसमा बुधबार बोल्दै अमेरिकी राष्ट्रपतिले ट्रम्पले उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध विस्तारमा चीनको कारण जटिलता थपिएको बताएका थिए। उत्तर कोरियासँगको सम्बन्धमा केही समस्या चीनसँगको व्यापार विवादले ल्याएको ट्रम्पले बताएका थिए। यद्यपि ट्रम्पले सी चीन फिङसँगको सम्बन्ध भने ‘धेरै राम्रो’ भएको र उत्तर कोरियाली नेता किमसँगको सम्बन्ध ‘अनुपम’ रहेको चर्चा गरेका थिए। ट्रम्प र किमबीच गत जुनमा सिंगापुरमा शिखर सम्मेलन भएको थियो।