‘आइरन म्यान’को फौज बनाउँदै रूस

‘आइरन म्यान’को फौज बनाउँदै रूस

मस्को : रूसले आइरन म्यान अर्थात् ‘रोबो सैनिक’ निर्माण गर्न शुरु गरेको छ। रूसले रोबोकप एक्सो-स्केलिटन कवचको परीक्षण पनि शुरु गरेको छ। हालै प्रदर्शित सुपर सोल्जर स्केलिटन बारे रूसले रोबो सैनिक सामान्य सैनिकभन्दा निकै शक्तिशाली भएको जानकारी दिएको छ। अमेरिकाले स्पेस फोर्स गठन गर्ने बताएलगत्तै रूसले यस्तो खुलासा गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले स्पेस फोर्स गठन गर्ने बताउँदै आएका छन्। 

मेल अनलाइनका अनुसार रोबोसैनिक ‘स्टार वार्स’ चलचित्रमा देखाएजस्तै भएको उल्लेख गरेको छ। यस्तो सैनिकले एकै हातले मसिनगन प्रहार गर्ने र कम्प्युटरमा पनि सटीक निशाना लगाउने रूसले जानकारी दिएको छ।

यो सुट लगाएर सैनिक जवानले निकै गह्रुँगो सामान पनि उठाउन सक्ने र तीव्र गतिमा दौडन सक्ने बताइएको छ। मिलिट्री फर्म चिनीतोकमाशले रत्निक-३ रोबो सैनिकको कवच पनि तयार गरेको छ। उक्त कवच मस्कोमा आयोजित ‘सैन्य २०१८ अन्तर्राष्ट्रिय सैन्य एवं प्रविधि मेला’मा प्रदर्शन गरिएको थियो।

 टाइटेनियमबाट तयार गरिएको यो कवच विशेष तरिकाले निर्माण गरिएको छ। यो कवच लगाउने व्यक्तिमा शक्ति र स्टेमिना बढाउन मिल्ने दाबी गरिएको छ। उक्त कवच लगाएका सैनिकमाथि कुनै पनि खाले गोली र बमका छर्राको असर नपर्ने रूसले जानकारी दिएको छ। रूसी कम्पनीले सैनिकले युद्धमा यो कवच लगाएर सन् २०२५ मा युद्धमा उत्रन सक्ने गरी तयारी भइरहेको जानकारी दिएको छ। हाल यसको ब्याट्रीमा समस्या आएकाले त्यसमा पुनः काम भइरहेको बताइएको छ।

कवचका विशेषता

घाँटीमा बुलेटप्रुफ संरक्षक युक्त

स्क्रिनबारे जानकारी दिने डिजिटल हेलमेट

श्वास फेर्न विशेष प्रविधिसहितको अनुहार रक्षक मास्क लगाइएको

स्वैच्छिक रूपमा कवचको तापक्रम घटबढ गर्न मिल्ने

कवचसँगै टर्च, ब्याट्री र रातमा भिडियो क्यामराको सुविधा

फरक फरक साइजका गोली प्रहार गर्न मिल्ने

कम्प्युटर नियन्त्रित भएकाले सैनिकले गह्रुँगो हतियार लामो समय लिन सकिने

भूमिगत विस्फोटकबाट सुरक्षित बुटयुक्त
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.