शिशु हत्या प्रकरण : तेस्रो दिन पनि आन्दोलन जारी

शिशु हत्या प्रकरण : तेस्रो दिन पनि आन्दोलन जारी

महोत्तरी : आठ महिने बालिकाको हत्या गरेको विरोधमा महोत्तरीको औरहीमा तेस्रो दिन पनि शुक्रबार बिहानैदेखि आन्दोलन सुरु भएको । स्थानीय सन्तोष चौधरीकी छोरी सोनालीलाई अपहरण पश्चात हत्या गर्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा सडक जाम गरी आन्दोलन गरिएको हो । मंगलबारदेखि सुरु भएको आन्दोलनले औरही बजार र महोत्तरीको मुख्य सडक बर्दिबास–औरही–जलेश्वर सडक बन्द छ । औरही बजारमा सिद्धान्त फेन्सी एण्ड रेडिमेट पसलमा खेल्दै गरेको बालिकालाई आइतबार अपहरण गरिएको थियो । उनको शव सोमबार आँपको बगैंचामा निर्वस्त्र फेला परेको थियो ।

घटना भएको पाँच दिन बित्न लाग्दा पनि प्रहरीले सिसि क्यामरामा कैद भइसकेको दोषिलाई गिरफ्तार गर्न नसकेको भन्दै स्थानीय आक्रोसित छन् । तीनदिनदेखि सडक जाम भएपछि कुनै सवारी चलेको छैन । जनजीवन प्रभावित भएको छ । उद्योग बाणिज्य संघ औरहीको अगुवाइमा आन्दोलन भइरहेको छ । संघका अध्यक्ष श्रवन चौधरीका अनुसार दोषी पक्राउ नपरेसम्म आन्दोलन जारी रहने जनाए ।

बालिकाको निर्मम तरिकाले हत्या गरिएको विरोधमा जारी रहेको आन्दोलनमा समर्थन जनाउन उद्योग वाणिज्य संघ औरहीले बर्दिबास, गौशाला, जलेश्वर, मठिहानी लगायतका व्यपार संघहरुलाई आग्रह गरेको छ । पीडित परिवारले  दोषिलाई तत्काल पक्राउ गर्न माग राख्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडियो)उमेश ढकाल समक्ष पुगेका छन् । सिडियो ढकालले दोषी पक्राउ गर्न प्रहरी सक्रियताका साथ काम गरिरहेकोले छिट्टै आरोपी पक्राउ पर्ने उनले विश्वास दिलाए ।

पीडित परिवारले महोत्तरीको भंगहा नगरपालिका—१ हत्तिसर्वाका करीब २५ वर्षीय भरत साहले पसलमा आमासँग खेल्दैं गर्दा बालिकालाई खेलाउने बाहनामा लिएर भागेको दृष्य सिसि क्यामरामा कैद रहेको जनाएको छ ।  प्रहरीले घटना अनुसन्धानको लागी भरतका वुवा पल्ट साह, आमा ललिता साह, भाई संजीव साह र उनका नातेदार मनफूल साह तेलीलाई पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।

 बालिकाको शव भेटिएको भन्दा मनफूलको घर एक किलो मटिर टाढामा पर्दछन् । पीडित परिवारले खोजी गर्ने क्रममा शव फेला परेको सोमबार मनफुलको घरमा खाना खाएको स्थानीयबासिको भनाई छ । पक्राउ परेकाहरुको गतिविधि शंकास्पद भएकोले उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

 प्रहरी चोकी औरही नजिकैको बजारबाट बालिका अपहरण उनको हत्याको घटनाले गाउँका स्थानीयहरु त्रस्ति भएका छन् । ‘बजारबाटै बच्चा नियन्त्रणमा लिएर मारिन्छ,’स्थानीय सुनिता मुसहरले भनिन्,‘कसरी नानीबाबुहरुलाई एकलै स्कूल पठाउने, डर मर्दो भयो ।’एक बर्ष अघि औरही बजारबाट पसल बन्द गरेर घर फर्किदैं गर्दा युवतीमाथि सामुहिक बलात्कार भएको उनले सुनाइन् ।

औरहीकी ६७ बर्षीय कोशिला देवीले आठ महिने बालिकाको हत्या जस्तो घटना आफ्नो ६७ बर्षको बुढेस कालसम्ममा नसुनेको बताइन् । समाजमा अन्याय,अत्याचार बढेको प्रति उनले चिन्ता व्यक्त गरिन् । ‘दिनहुँ भइरहेको बलत्कार, हत्याहिंसाले समाजमा महिला, बालबालिकाहरु असुरक्षित बनेको छ,’उनले भनिन् ।

  स्थानीय ७० बर्षीय राधिया देवी साहले पुलिस प्रशासनले चाहे पत्तालमा लुगेको अपराधीलाई कानुनी कठघारामा ल्याउन सक्ने बताइन् ।  कानुन र प्रहरी प्रशासनलाई हातमा लिएर लुकाउने प्रवृत्ति रहेको औरहीकी मेलमिलाकर्ता संगीता कुमारी महतोले भनिन्,‘साना होस् या ठूला दोषीलाई कुनै हालतमा पनि प्रहरीले छोड्नु हुदैंन ।’ अपराधीलाई प्रस्यदिए समाज अशान्त बन्ने उनले औंल्याइन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले संचारकर्मीहरुसंग कुरा गर्दै दोषी पहिचान भइसकेकोले खोजी कार्या भइरहेको जनाए । हेटौंडा, जनकपुर, बर्दिबास, गौशाला, जलेश्वरको प्रहरी टोली दोषीको खोजिमा खटिएका उनले जनाए ।‘आरोपीलाई पाँच दिनदेखी खोजि रहेका छौं । हाम्रो अपरेश जारी छ,’एसपी कार्कीले भने,‘नाका नाकामा प्रहरी खटिएका छन् । दोषी पक्राउ पर्छ, विश्वास गर्नुस् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.