सोल्टीको पौडी पोखरी परिसरमै बिम्स्टेकको रिट्रिट  (फोटो फिचर)

सोल्टीको पौडी पोखरी परिसरमै बिम्स्टेकको रिट्रिट  (फोटो फिचर)

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) सुरु भएको छ । सुरक्षाको कारण देखाउँदै सोल्टी परिसरमै रिट्रिट आयोजना गरिएको हो ।

सदस्य मुलुकका राष्ट्राध्यक्ष-रकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष-सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथी पनि सहभागी भए । 

रिट्रिटमा बिहानको खाजाको दिइएको थियो । सदस्य देशका राष्ट्राध्यक्ष-सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र त्यही टेबल नजिक उनीहरूका श्रीमती-श्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष-सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ । 

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्षऔसरकार प्रमुख तथा उनीहरूका जीवनसाथीलाई स्वागत गरे। त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए । 

रिट्रिटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि गम्भीर संवाद भएको थियो । तर उनीहरुबीच भएको स‍ंवादबारे केही सार्वजनिक भएको छैन । 

सबै तस्बिरहरु : दीपेन श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.