यो हो छिटो पढ्ने प्रविधि

यो हो छिटो पढ्ने प्रविधि

सूचना प्रविधिको प्रयोग बढ्दो छ। सूचना ग्रहण गर्ने प्रक्रियालाई अझै सहज बनाउन बीबीसीले एउटा प्रविधिमा प्रयोगात्मक परीक्षणसमेत सुरु गरेको छ। यो प्रविधिले बीबीसीमा आएका सूचनाहरूलाई अझै छिटो पढ्न मद्दत गर्नेछ। यो प्रोजेक्टका लागि बीबीसीले साइसर साइहनलाई डिजिटल पार्टनर बनाएको छ।

पढ्ने सामग्रीका रूपमा हरेक दिन ईमेल, म्यासेज र समाचारहरूको संख्या बढ्दै गएको छ। बेलायतका युवाहरूले अनलाइन र मिडिया प्रयोगलाई आफ्नो सुत्ने समयभन्दा बढी समय दिएका छन्। बीबीसीले ती तमाम पाठकले झेलिरहेको ओभरलोड सूचनाहरूलाई सहज रूपमा ग्रहण गर्न नयाँ प्रविधिको प्रयोग गर्न खोजेको हो।

यस प्रविधिमा बोलिएका शब्दहरू काल्पनिक हुन सक्छन् तर पढ्ने मामलामा मानवीय क्षमतालाई यसले अभिवृद्धि गर्ने बीबीसीले जनाएको छ। यसका लागि बीबीसीले स्प्रिट्जको प्रयोग गर्ने भएको छ। विज्ञान र दु्रत पढाइ गर्न सकिने प्रविधिमार्फत पाठकको दैनिकी अझै सहज हुने विश्वास लिइएको छ।

कसरी काम गर्छ ?

हामीले पढ्ने शब्दहरू समानान्तर रेखामा हुन्छन्। जब हामी एक शब्दपछि अर्को शब्द पढ्छौं, त्यति बेला हाम्रा आँखा एक शब्दबाट अर्को शब्दमा केन्द्रित हुन पुग्छ। एउटा पूरा वाक्य पढ्न हामी बायाँदेखि दायाँसम्म आँखालाई घुमाउँछौं। हरेक शब्द पढ्दा हाम्रो मस्तिष्कले त्यो शब्दको अर्थ पनि बुझ्ने कोसिस गरिरहेको हुन्छ। यसको अर्थ पढ्दा हाम्रो आँखा लगातार चलिरहेको हुन्छ। यस प्रक्रियाले एक वाक्य पढ्न बढीमा ८० प्रतिशत समय खर्च हुन्छ।

तर यो प्रविधिको प्रयोगमा पाठकको ध्यानाकृष्ट गर्न प्रत्येक शब्दलाई स्क्रिनमा रातो रंगमा देखाइनेछ। ती शब्दहरू पढ्न एक उत्कृष्ट प्रविधिको प्रयोग गरिन्छ, जसको मद्दतले पाठकको मस्तिष्कले छिटो पढ्ने बनाउँछ। यस प्रविधिमा सकेसम्म आँखालाई बायाँबाट दायाँ घुमाउन बढी कसरत गर्नु पर्दैन।

यस प्रविधिमार्फत एक पटकमा एक शब्दमात्र देखाइने छ। यसबाट पाठकको आँखा एकै ठाउँमा केन्द्रित भइरहन्छ र आँखालाई प्रत्येकपटक घुमाउन आवश्यक हुँदैन। यसको परिणाम भनेको छोटो समयमै धेरै पढ्न सकिनेछ।

 के यसले काम गर्छ ?

पढ्दा एक शब्द मात्र देखा पर्ने प्रविधिको प्रयोग गर्दा पढ्ने बानीमा निरन्तरता दिन आवश्यक छ। तर, केही समूह र कार्यालयमा यसको परीक्षणपछि के थाहा भयो भने यो शैलीको प्रयोगले केही मिनेटपछि पढ्न सहज भएको देखियो।

एक व्यक्तिले औसतमा एक मिनेटमा दुई सय शब्द पढ्न सक्छ। तर, यो प्रविधिमा पढ्दा औसतभन्दा बढी पढ्न सकिन्छ। पहिलोपटक प्रयोग गर्दा यो प्रक्रियाले पढाइको गति सुस्त हुन सक्छ।

यस प्रविधिको प्रयोगात्मक परीक्षणका लागि बीबीसीले केही भिडियो आफ्नो ब्लगमा पोस्ट गरेको छ। उक्त भिडियोले शब्दहरूलाई एकै समयमा फरक गतिमा कसरी पढ्न सकिन्छ भन्ने देखाउँछ। यसमा एक मिनेटमा तीनदेखि आठ सय शब्द पढ्न सकिन्छ।

० स्क्रिनमा अझै बढी पढ्नुसहामी मोबाइलबाट धेरैभन्दा धेरै विषय पढिरहेका हुन्छौं। तर, मोबाइलको स्क्रिन र शब्दको आकार किताब र म्यागजिनहरूमा भन्दा साना हुन्छन्। यस प्रविधिले मोबाइल फोनमा पनि सजिलै पढ्न मद्दत गर्नेछ। यो प्रविधिको प्रयोगले सानो स्क्रिन साइज भएको स्मार्ट घडीहरूमा पनि पढ्न सकिनेछ। यस प्रविधिको प्रयोगबाट गुडिरहेको गाडी, टे«नको खचाखचमा पनि सजिलै मोबाइलमार्फत पढ्न सकिन्छ। यसले पढ्न सजिलो मात्र बनाउँदैन; ठूला र स्पष्ट अक्षर देखिने यो प्रविधिको प्रयोगले आँखा राम्रोसँग नदेख्ने, कम्प्युटर स्क्रिनमा पढ्न गाह्रो हुनेहरूले पनि सजिलै फोनमा पढ्न सक्नेछन्।

यो मात्र एक प्रयोग हो। बीबीसीले आफ्ना प्रयोगकर्तालाई फरक अनुभूति दिन यसको प्रयोग गरेको हो। अहिले मोबाइल फोन हाम्रो अनुहार र आँखाको चाललाई पहिचान गर्नसक्ने भइसकेको छ। के भविष्यमा हाम्रो मोबाइलमा देखिएका शब्दहरू पढ्दा हामीले जहाँ हेरिरहेका छौँ, त्यो शब्दले आफैं पोजिसन परिवर्तन गर्ला ?

यस्तो प्रविधि वास्तवमै सफल भएमा भविष्यमा हाम्रो मोबाइल फोनलाई पनि यसले रिप्लेस गरिदिनेछ। यो सम्भव भयो भने हामीले पढ्ने तरिकालाई पूर्ण रूपमा बदल्नुपर्ने हुन्छ। यो कार्यका लागि हावाको सहायता महत्वपूर्ण छ। हुन सक्छ, भविष्यमा हामी हावामा उड्दै गरेका शब्दहरू पढ्नेछौं। एक समयमा एक शब्द मात्र देखाइने यो प्रविधि भविष्यका बालबालिकाका लागि पनि फलदायी नै हुनेछ।

साइरस साइहन/बीबीसी :  अनुवादः सपना महर्जन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.